बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दाङमा दुई पत्रकारलाई कारबाही : आचारसंहिता विपरित काम गरेको महासंघको ठहर

शुक्रबार, ०४ माघ २०७५, १७ : ४३
शुक्रबार, ०४ माघ २०७५

बुटवल । नेपाल पत्रकार महासंघ दाङ शाखाले आचारसंहिता विपरित कार्य गरेको भन्दै त्यहाँका दुईजना पत्रकारलाई कारबाही गर्न सिफारिस गरेको छ । 

शाखाका अध्यक्ष सविन प्रियाशनको अध्यक्षतामा शुक्रवार बसेको महासंघको बैठकले  त्यहाँका पत्रकार सागर थापा र अर्का पत्रकार विष्णु देवकोटाको सदस्यता खारेज गर्न सिफरिस गरेको हो । 

थापाको नेपाल पत्रकार महासंघको सदस्यता खारेज गर्न सिफारिस गरेको हो भने देवकोटाको सदस्यता प्रक्रियामा रहेकोले सदस्यता रोक्न केन्द्रमा सिफारिस पठाउने निर्णय भएको दाङ शाखाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 

महासंघबाट जारी विज्ञप्तीमा उक्त घटना वा अन्य कुन घटनामा उनीहरुले पत्रकार आचारसंहिता विपरित काम गरे ? भन्नेबारे खुलाइएको छैन । २६ गते महासंघले छानविन समिति गठन गरेको र अनुसन्धानबाट उनीहरुले  आचारसंहिता विपरित काम गरेको स्पष्ट आधारहरु भएको उल्लेख गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप