टिचिङमा आईसीयू नपाएपछि थापा माइतीघरमा
शुक्रबार, ०४ माघ २०७५, १७ : ५०
काठमाडौं– डा.गोविन्द केसीको विपक्षमा अनशन बसेका विजय थापा त्रिवि शिक्षण अस्पतालबाट निस्केका छन् । आज बिहान ११ बजे उपचारको लागि ल्याइएका अनशनरत थापा अस्पतालबाट निस्केका हुन् । ‘स्वास्थ्य अवस्था झनै विग्रर्दै गए पनि त्रिवि शिक्षण अस्पतालले आइएसियू नभएको जानकारी गराएपछि थापा अस्पतालबाट निस्किएका छन्’ थापाको पारिवारिक श्रोतले बताएको छ ।
११ बजे देखि आकस्मिक कक्षमा बस्दा सामान्य उपचार समेत नपाएको भन्दै थापा पक्षले अब माईतीघरमा गएर अनशनलाई निरन्तरता दिने बताएको छ । थापा विगत ८ दिन देखि डाक्टर केसीको विपक्षमा इलाममा अनशन बस्दै आइरहेका थिए । उनको स्वास्थ्यमा समस्या देखिएपछि आजै उनलाई उपचारको लागि इलामबाट टिचिङमा ल्याइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान