‘जोकर’ गीत : ‘तिम्रो जिरो फिगर’ भन्दै महादेव र सिम्पल
काठमाडौं– १ चैत्र रिलिज मिति तोक्दै प्रचारप्रसारमा जुटेको फिल्म ‘जोकर’ फेरि सरेको छ । फिल्म १ चैत्रबाट सरेर ३ फागुनमा आएको यसका वितरक करण श्रेष्ठ क्रेजीले बताए । ‘चैत्र १ मा धेरै फिल्म हुने भएपछि रिलिज फागुनमा ल्याइएको हो’ करणले भने ‘फिल्म इन्टरटेनमेन्ट छ, सबैले रुचाउनुहुन्छ ।’
फिल्मको शुक्रबार नयाँ गीत ‘तिम्रो जिरो फिगर’ समेत सार्वजनिक गरिएको छ । रोमान्टिक डान्सिङ प्याटनको गीतमा अभिनेता महादेव त्रिपाठी र नव अभिनेत्री सिम्पल खरेलले कोरका साथमा डान्स गरेका छन् ।
धुर्व बिस्कोको शब्द तथा संगीत रहेको गीतमा स्वर धुर्व र सुमन गुरुङको रहेको छ । गीतको कोरियोगफी शिव विकले गरेका हुन् । याक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा कलाकार तथा निर्देशक महादेव त्रिपाठीको ‘जोकर’ मा विशेष पन्तले लेखेका हुन् ।
महादेवको अलवा सुरेन्द्र केसी (मुलको साग), शिवशंकर रिजाल(जोकेन्द्र), अन्जु थापा, बाल कलाकार रिहानराज गिरी, नवराज श्रेष्ठ, राजेन्द्र गिरी, विनोद राई, विशेष पन्त र नव अभिनेत्री सिम्पल खरेलको अभिनय छ ।
फिल्मलाई गणेश श्रेष्ठ, कर्णबहादुर तामाङ्ग, केदारप्रसाद कोईराला, सामन र रेहान तथा कुमार सिलवालले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु
-
बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड
-
संसद् जनताप्रति उत्तरदायी हुनुपर्छ : नारायणदत्त भट्ट
-
पाइपलाइनमा यी १० धमाकेदार फ्रेन्चाइजी फिल्महरू, बक्स अफिसमा धमाल मच्चाउने अपेक्षा
-
‘मुन्ना भाइ’ मा ‘सर्किट’ को वास्तविक नाम अर्कै थियो, अर्शदले गरेका थिए परिवर्तन
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु