जहाँ सरकार, त्यहाँ बैंक पुग्नुपर्दछः मुख्यमन्त्री गुरुङ
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बैंक तथा वित्तीय संस्थालाई कृषि, पर्यटन, ऊर्जालगायत उत्पादनको क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।
नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले आज आयोजना गरेको समसामयिक आर्थिक तथा बैंकिङ गतिविधि सम्बन्धमा सरोकारवालासँगको अन्तरर्किया कार्यक्रममा उनले उत्पादनको क्षेत्रमा लगानी गर्दा रोजगारी सृजना भई गरीबी निवारण हुने हुँदा त्यसतर्फ ध्यान दिन सबैमा आग्रह गरे ।
मुख्यमन्त्री गुरुङले रियल स्टेट (घरजग्गा)मा लगानी गर्दा एक–दुई जना व्यक्तिले मात्र फाइदा लिने र धनी बन्ने भएकाले मुलुकको विकास र समृद्धिका लागि उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने उल्लेख गर्दै व्यवसाय बढाउन, उत्पादनमा लगानी गर्न र कृषि क्षेत्रको आधुनिकीकरणको कार्यमा उद्योगी, व्यवसायी तथा कृषकले ऋण प्राप्त गर्ने कार्यलाई सरलीकृत गर्न नेपाल राष्ट्र बैंकलाई आग्रह गरे ।
‘गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये अझै तीन वटामा बैंक पुग्न सकेको छैन’, उनले भने, ‘मनाङको नार्फु तथा गोरखाको गण्डकी र धार्चे गाउँपालिकामा अझै पनि बैंक पुग्न सकेको छैन, बाटो, इन्टरनेटलगायत पूर्वाधार नभए सरकारलाई भन्नुहोला तर जहाँ सरकार, त्यहाँ बैंक पुग्नुपर्दछ ।’
आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले रोजगार तथा स्वरोजगार सृजनाका लागि सरकारले काम गरिरहेकाले बैँक, वित्तीय संस्था तथा निजी क्षेत्रलाई यसमा सहयोग गर्न आग्रह गरे ।
उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले गण्डकी प्रदेशको समृद्धिको प्रमुख आधार पर्यटन क्षेत्र भएकाले निजी क्षेत्रबाट बन्ने पर्यटन पूर्वाधारका लागि बैंकहरुले सस्तो ब्याजदरमा सरलीकृत रुपमा लगानी गर्नुपर्नेमा जोड दिए ।
नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख बमबहादुर मिश्रले चालू आर्थिक वर्षको चार महीनाको तथ्याङ्कमा आधारित देशको वर्तमान मुद्रास्फीति, वैदेशिक व्यापार, चालू खाता एवम् शोधनान्तर स्थिति, सरकारी खर्च तथा राजश्व, सरकारको नगद मौज्दातलगायत आर्थिक तथा वित्तीय स्थितिबारे प्रकाश पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराट गोल्डकप : आर्मीलाई पराजित गर्दै एनआरटी क्वाटरफाइनलमा
-
नेपालमा धर्म परिवर्तन डरलाग्दो समस्या भयो : कमल थापा
-
खराब मौसमका कारण दुई सयभन्दा बढी विदेशी पर्यटक मन्थलीमा रोकिए
-
नाउपाका नेता घनश्याम चौधरी भन्छन्– सुदूरपश्चिम सरकारबाट हामी फिर्ता हुँदैनौँ
-
त्रिविले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने
-
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश