शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

टासी घलेले अरुको काँधमा बन्दुक राखेर पड्काउन खोजेको कर्माको आरोप

शुक्रबार, ०४ माघ २०७५, २० : ३०
शुक्रबार, ०४ माघ २०७५

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले चार जिल्ला संघका पदाधिकारीले लगाएको आरोप निराधार भएको बताएको छ । एन्फाले शुक्रबार पत्रकार सम्मेलन गरी काठमाडौं, ललितपुर, भक्तपुर र धादिङ जिल्लाका अध्यक्षले निर्वाचनका क्रममा आर्थिक अनियमितता भएको भन्दै लगाएको आरोपको खण्डन गरेको हो । 

एन्फा कार्यसमिति बैठक बसेको भोलीपल्टै आयोजित पत्रकार सम्मेलनमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले चार जिल्लाका साथीहरुले लगाएको आरोपको पुष्टी गर्न चुनौती दिए । 

‘जिल्लाका साथीहरुले हामीलाई आर्थिक अनियमितता र भ्रष्ट्राचार भएको भन्दै विभिन्न १४ बुँदे आरोप  लगाएका छन् । जुन आरोप आधारहिन छ । यदि भ्रष्ट्राचार भएको प्रमाण छ भने पेश गर्नुहोस् । कस्ले गर्यो नाम उल्लेख गर्नुहोस्,’ शेर्पाले भने । 

यसअघि चार जिल्लाका अध्यक्षले एन्फा निर्वाचन प्र्रभावित गर्न निर्वाचित अध्यक्ष शेर्पा लगायत पदाधिकारीले आर्थिक चलखेल गरेको प्रमाण स्वरुप अडियो टेप समेत सार्वजनिक गरेका थिए । 

अध्यक्ष शेर्पाले पूर्वमानार्थ अध्यक्ष टासी घलेले अरुको काँधमा बन्दुक राखेर पड्काउन खोजेको आरोप पनि लगाए । बिहिबार बसेको एन्फा कार्यसमिति बैठकले मानार्थ अध्यक्ष तासी घलेलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको थियो । 

शेर्पाले एन्फामा भ्रष्ट्राचारको विषयमा सरकार र एसियाली फुटबल महासंघ (एएफसी) ले छानबिन गरे आफुहरुले पूर्ण समर्थन गर्ने पनि बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप