शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तामाङले लोड गरेर बोकेको बन्दुक हातबाट झर्दा लिम्बुको मृत्यु

शुक्रबार, ०४ माघ २०७५, २० : ३४
शुक्रबार, ०४ माघ २०७५

ताप्लेजुङ । शिकार खेल्न सँगै गएका साथीले बोकेको बन्दुक पड्किँदा एक युवकको ज्यान गएको छ । 

फक्ताङलुङ गाउँपालिका–४ इखाबुका ३७ वर्षीय देवीबहादुर लिम्बूको शिकार खेल्ने क्रममा साथीले बोकेको बन्दुक पड्किएर मृत्यु भएको प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए । 

लिम्बूको बन्दुकको छर्रा लागेर घटनास्थलमै ज्यान गएको हो । 

शिकार खेल्न सँगै निस्किएका सुरेन्द्र तामाङले लोड गरेर बोकेको बन्दुक हातबाट झरेर पहरामा ठोक्किँदा पड्किएर छर्राले लागेर लिम्बूको मृत्यु भएको थापाले बताए । 

तामाङलाई आज जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान थालिएको थापाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप