डा गोविन्द केसीका समर्थक सडकमा, सरकारविरुद्ध नाराबाजी (फोटोफिचर)
शनिबार, ०५ माघ २०७५, १३ : २४
काठमाडौं–‘सोलिडारिटी फर डा. केसी अलायन्स’ को अगुवाईमा शनिबार राजधानीको माइतीघरमा जुलुस निकालिएको छ ।
डा गोविन्द केसीको माग सम्बोधनका लागि सरकारलाई दवाव दिने उद्देश्यले केसी समर्थकले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा उनीहरुले केपी ओली नेतृत्वको सरकारले डा केसीको माग पूरा गर्न गाम्भीर्यता नदेखाएको भन्दै सरकारविरुद्ध चर्को नाराबाजी गरेका छन् ।
प्रदर्शनका क्रममा केसी समर्थक चिकित्सक, राजनीतिकर्मी, अधिकारकर्मीलगायतको सहभागिता रहेको छ ।
चिकित्सा शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै डा केसीले ११ दिनअघि इलाम पुगेर १६ औं अनसन सुरु गरेका थिए ।
उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि शुक्रबार बिहान हेलिकम्टरमार्फत काठमाडौं ल्याइएको थियो ।
केसीको अहिले त्रिवि शिक्षण अस्पतालको आइसीयूमा अनसनकै क्रममा उपचार भइरहेको छ ।
तस्बिरहरु : कृष्ण खड्का