माघ १२ गते हाँस्न तयार हुनुहोस्
काठमाडौं-विगत केही समय यता Nepgasm र Celebrity Management Nepal को संयुक्त अयोजना हुँदै आइरहेको नेपालकै प्रथम तथा उत्कृष्ट Stand-up comdey शोको पाँचौ संस्करण आउँदो माघ १२ गते हुने तय भएको छ।
विगतका चार संस्करणमा यस शोले निकै चर्चा कमाइसकेको छ । Youtube मार्फत् शुरु गरिएको यस शोले दर्शकसामू निकै राम्रो प्रभाव पार्न सफल भइसकेको छ।
त्यसैलाइ निरन्तरता दिने क्रममा उक्त सो माघ १२ गते राष्ट्रिय सभागृह गरिने भएको छ ।
सोमा लेख मणि तृताल , सरोज भन्डारी, डोरेश खतिवडा, उमेश कुमार गौतम (U.K.G) र बिबेक उप्रेतीसहित पाँच जना हास्यकलाकारकोको विशेष प्रस्तुति रहने जनाइएको छ ।
यस शोको टिकट book my shows मार्फत् र Nepgasm को फेसबुक तथा इन्स्टाग्राम पेज मार्फत् डाइरेक्ट मेसेज गरेर बुक गर्न सकिन्छ भने डोर सेलमै पनि लिन सकिनेछ।
यस शोको आयोजना Nepagasm र Celebrity Management Nepal को संयुक्त आयोजनामा भएको हो भने Grace international र Best deals nepal मुख्य प्रायोजक रहेका छन्।
मिडिया पार्टनरको रूपमा रातोपाटी डटकमले सघाएको छ भने डिजिटल मिडिया हाम्रो पात्रो रहेको छ।
एप्लिकेशन पार्टनरको रुपमा Bodhi Hd र सोसल मिडियामा Trending Nepal र JokesNepal रहेका छन् ।
काठमाण्डौ भन्दा बाहिर पनि शो निकै लोकप्रिय भैसकेको छ भने बिस्तारै अन्तराष्ट्रिय स्तरमा पनि सो हुने जानकारी Nepagasm का संचालक शरद श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका राजालाई स्वागत गर्दै लिङ्देनले भने, ‘राजसंस्था पुनर्स्थापनामा ढिलो नगरौँ’
-
रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीलाई नेपालमा लगानी गर्न आग्रह
-
कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था कडा
-
झापामा ब्राउन सुगरसहित एक पक्राउ
-
प्रकाश दाहालको स्मृतिमा अन्तरपालिका भलिबल हुने
-
‘पहिले ...देश छोड भन्थ्यौँ, अब आफैँले छोड्नुपर्ने बेला आयो’