बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अनशनरत थापाको पक्षमा प्रदर्शन

शनिबार, ०५ माघ २०७५, १८ : ५८
शनिबार, ०५ माघ २०७५

काठमाडौँ । स्वतन्त्र सचेत युवा विद्यार्थीले आज अनशनरत विजय थापाको पक्षमा प्रदर्शन गरेका छन् । 

उनीहरुले दिउँसो शिक्षण अस्पताल महाराजगञ्ज अगाडि थापाको पक्षमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले थापालाई उपचारमा सहयोग नगरेको, सरकारी तलबभत्ता, सेवा सुविधा लिएर सरकारविरुद्ध बारम्बार अनशन बस्ने डा गोविन्द केसीलाई बर्खास्तीको माग गर्दै प्रदर्शन गरेका स्वतन्त्र युवा विद्यार्थी भरतसिंह धाँमीले जानकारी गराए । 

डा केसीका विरुद्धमा अनशन बसेका थापाको स्वास्थ्यमा समस्या आएपछि काठमाडौँ ल्याइएको हो । 

अहिले डा केसीसँगै थापाको पनि उपचार शिक्षण अस्पताल महाराजगञ्जमा भइरहेको छ । डा केसीले चिकित्सा शिक्षा सुधारको माग राखी इलाममा १६औँ पटक अनशन बसेपछि थापा पनि उनको विरुद्ध अनशन बसेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप