शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

महिला भलिबलमा एपीएफ च्याम्पियन

शनिबार, ०५ माघ २०७५, २१ : १३
शनिबार, ०५ माघ २०७५

काठमाडौं–शसस्त्र प्रहरी बलको एपीएफ क्लबले दास्रोे सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि चुमेको छ । पोखरा रंगशाला स्थित भलिबल कोर्टमा शनिवार भएको विभागीय डर्बीको फाइनलमा एपीएफले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हरायो । एपीएफले २५–८, १९–२५, २५–१७, २५–१७ को जित निकालेको थियो । विजेता एपीएफले तीन लाख ५० हजार रुपैयाँ पायो । पुलिसले एक लाख ७० हजार रुपैयाँ प्राप्त ग¥यो ।

प्रदेश नम्बर ३ तेस्रो भयो । तेस्रो स्थानका लागि भएको खेलमा प्रदेश ३ ले गण्डकी प्रदेशलाई २५–१४, २१–२५, २५–१४, २५–१७ को सेटमा हरायो । प्रदेश ३ ले एक लाख रुपैयाँ प्राप्त ग¥यो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपीएफकी सरस्वती चौधरी भईन् । उनले १० हजार रुपैयाँ पाइन् । प्रदेश ३ की प्रतिभा मालीले बेष्ट स्पाईकर, पुलिसकी कमला पुनले बेष्टसेटर र शान्ति तामाङले बेष्ट डिफेन्सको उपाधि जिते । गण्डकी प्रदेशकी अरुणा शाहिले बेष्ट सर्भर र एपीएफकी हिरा केसीले बेष्ट ब्लकरको उपाधि जिते । एपीएफका ज्ञानेन्द्र बिष्ट उत्कृष्ट प्रशिक्षक भए । उत्कृष्ट सबैले जनही पाँच हजार रुपैयाँ प्राप्त गरे ।

यसैबीच विभागीय टोली त्रिभुवन आर्मी क्लब र सेब स्कुलले १४औं रेडबुल ढोरपाटन सुजुकी महिला भलिबल च्याम्पियनसिपमा सुखद सुरुवात गरेका छन् ।

नयाँ बसपार्क स्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा शनिबार सुरु भएको प्रतियोगितामा आर्मीले श्री गाँउ खेलकुद बिकास समिति दाङलाई २५–१८,२५–८, २५–१६ को सेटमा हरायो । सेबले थाहा नगरपालिका मकवानपुरलाई २५–१७, २५–११, २५–१५ को सेट पराजित गर्यो । अर्को खेलमा थाहा नगरपालिका मकवानपुरले आयोजक ढोरपाटन स्पोर्ट्स क्लबलाई २५–१६, २५–१२, २७–२५ ले हरायो । माघ १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नौं टोलीले भाग लिएका छन् ।

प्रतियोगिताको विजेताले तीन लाख ५० हजार रुपैयाँ र उपविजेताले दुई लाख रुपैयाँ प्राप्त गर्नेछ । यसैगरी तेस्रो हुने टोलीले एक र चौथो हुनेले ६० हलार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताको उकृष्ट खेलाडी, उदयमान, बर्ष खेलाडी र प्लेयर अफ दी सिरिजले स्कुटर पाउनेछन् । त्यस्तै एक भाग्यमानी दर्शकलेपनि स्कुटर पाउनेछन् ।

व्यक्तिगत विधातर्फ बेष्ट स्पाईकर, डिफेन्स, लिफ्टर, सर्भर, ब्लकर, उत्कुष्ट क्वीकर र उत्कुष्ट प्रशिक्षकलाई जनही ६ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप