बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सन्दीप लामिछानेको टोलीको पाँचौ हार

शनिबार, ०५ माघ २०७५, २१ : ५१
शनिबार, ०५ माघ २०७५

काठमाडौं–नेपालका लेग स्पिनर सन्दीप लामिछानेको टोली सिलेट सिक्सर्सले बंगलादेश प्रिमियर लिग (बीपीएल) मा पाँचौ हार खेपेको छ । शनिबार भएको खेलमा सिलेट सिक्सर्स रंगपुर राइडर्ससँग चार विकेटले पराजित भयो ।

सिलेटले दिएको एक सय ९५ रनको लक्ष्य राइडर्सले १९.३ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको थियो । सन्दीपले चार ओभर बलिङ गर्दै २१ रन खर्चिए । उनले विकेट लिन सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सिलेटले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय ९४ रन बनाएको थियो । सिक्सर्सका लागि सब्बीर रहमानले ८५ रन बनाए । निकोलस पुरनले अविजित ४७ रन जोडेपनि टोली हारबाट जोगिएन ।

सन्दीपको टोली सिलेट सिक्सर्सले अब २३ जनवरीमा राजशाही किंग्ससँग प्रतिस्प्रर्धा गर्नेछ । उक्त खेल खेलेपछि सन्दीप नेपाल र युएईबीच २५ जवनरीबाट सुरु हुने अन्तर्राष्ट्रिय टि–२० सिरिज खेल्न दुबई जानेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप