बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ट्रम्पमाथि आरोप लगाउने ‘सेक्स गुरु’ लाई रुस पुलिसले एयरपोर्टमा हातखुट्टा समातेर यसरी जबर्जस्ती पक्राउ गरे (भिडियो)

आइतबार, ०६ माघ २०७५, ०७ : ५८
आइतबार, ०६ माघ २०७५

बीबीसी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको चुनावी अभियान र रुसबीच साँठगाँठको प्रमाण भएको दाबी गर्ने बेलारुसकी मोडल अब रुसी पुलिसको हिरासतमा छिन् ।

नास्त्या रेबका (वास्तविक नाम अनसतासिया वाशूकेविच) लाई थाइल्याण्डबाट ल्याइएको हो । उनलाई मस्को एयरपोर्ट पुगेपछि हिरासतमा लिइयो ।

नास्त्याका वकिलले इन्स्टाग्राममा एउटा भिडियो पोष्ट गरेका छन् । वकिलका अनुसार यो भिडियोमा उनलाई कसरी पक्राउ गरियो, त्यो देखिएको छ ।

भिडियोमा एक महिला, जो नशामा देखिन्छिन्, निकै संघर्ष गरिरहेको देखिन्छिन् । उनलाई चारजना व्यक्तिले हात खुट्टा समातेरमा जबर्जस्ती ह्विलचेयरमा बसाउँछन् र लैजान्छन् ।

वकिल दिमित्री जेत्सारिन्स्किले पोष्ट गरेको यो भिडियो रुसमा भ्रष्टाचार विरोधी अभियान चलाइरहेका एलेक्सी नवालनीले पनि ट्वीट गरेका छन् । उनीबाहेक रुसी प्रचारकले पनि यसको प्रचार गरेका छन् ।

जेत्सारिन्स्किका अनुसार २७ वर्षे रेबका एक कनेक्टेड फ्लाइटबाट मिन्स्क जान चाहन्थिन् तर उनलाई ट्रान्जिटमा नै पक्राउ गरेर पुलिस स्टेशन पुर्याइयो ।

उनले रुसको यो कारवाहीलाई ‘अन्तर्राष्ट्रिय स्क्यान्डल’ भनेका छन् ।

वेश्यावृत्तिको आरोपः

यस्तै, रुसको गृह मन्त्रालयको तर्फबाट जारी एक बयानमा मस्कोको हवाई अड्डाबाट हिरासतमा लिइएकी रेबका र अन्य तीन व्यक्तिमाथि वेश्यावृत्ति गरेको र वेश्यावृत्तितर्फ आकर्षित गराएको आरोपमा पक्राउ गरिएको हो ।

रुसमा यो अपराधका लागि ६ वर्षसम्म जेल हुनसक्छ ।

जुन चार व्यक्तिलाई हिरासतमा लिइएको छ त्यसमा एलेक्जेन्डर किरिलोव पनि छन् । बेलारुसमा बस्ने एलेक्जेन्डर स्वघोषित सेक्स गुरु हुन् । उनी थाइल्याण्डमा रेबकासँग हिरासतमा थिए ।

थाइल्याण्डको एक अदालतले यी दुईलाई अवैध ‘सेक्स तालिम’ चलाएको आरोपमा १८ महिनाको निलम्बित कारावासको सजाय सुनाएको थियो । सजाय सुनाउनुअघि यी दुई ९ महिनासम्म थाइल्याण्डकमो हिरासतमा बसे ।

यी दुईबाहेक अन्य पाँचजनाले आफ्नो अपराध स्विकारेका थिए । त्यसपछि उनीहरुलाई प्रत्यर्पण गरिएको थियो ।

हिरासतमा हुँदा एलेक्जेन्डर र रेबकाले अमेरिकी दूतावाससँग मद्दत मागेका थिए । उनीहरुलाई रुस प्रत्यर्पण गरिने डर थियो ।

रेबकाले उनीसँग सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा रुसी दखलको प्रमाण भएको दाबी गरेकी थिइन् । रेबेकाका अनुसार यो प्रमाण उनले रुसी अर्बपती कारोबारी ओलेग डेरीपास्कासँग चिनजानका बेला प्राप्त भएको थियो ।

डेरीपास्काले पनि सबै आरोप खारेज गर्दै रेबका र किरिलोवमाथि मुद्दा दर्ता गरेका थिए ।

डेरापास्का रुसका ती नेता र उद्योगपतीमा समावेश छन् जसमाथि अमेरिकाले संसारभरीका कथित हानिकारक गतिविधिको आरोपमा प्रतिबन्ध लगाएको छ ।

को हुन् रेबकाः

रेबका बेलारुसकी एक मोडल हुन् जसले आफूलाई सेक्स गुरु बताउँछिन् । इन्स्टाग्राममा उनका करिब सवा लाख फलोअर छन् । उनी थाइल्याण्डको बीचमा सेक्स र त्यससँग जोडिएका गतिविधीको कक्षा पनि दिन्छिन् ।

गत वर्ष ट्रम्पबारे सनसनीपूर्ण दाबी गरेर उनी चर्चामा आएकी थिइन् । त्यतिबेला उनले यस्तो दाबीका कारण आफू पक्राउसमेत पर्न सक्ने बताएकी थिइन् ।

रेबका सन् २०१६ मा रुस आएकी थिइन् र देशको सबैभन्दा चर्चित एस्कर्ट बनेकी थिइन् । यो क्रममा उनले थुप्रै रुसी धनाढ्यसँग सम्बन्ध स्थापित गरेको बताइन्छ ।

रेबकाले अर्बपती कारोबारी ओलेग डेरिपास्कासँग पनि परिचय भएको दाबी गरेकी थिइन् । डेरीपास्का रुसी राष्ट्रपति भ्लादिमीर पुटिन र ट्रम्पको चुनावी अभियानका पूर्व प्रमुख पल म्यानफोर्टसँग पनि नजिक छन् ।

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप