शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दूरसञ्चार प्राधिकरणमा परामर्शका नाममा जथाभावी करोडौँ खर्च

आइतबार, ०६ माघ २०७५, ०८ : १३
आइतबार, ०६ माघ २०७५

काठमाडौँ – नियामक नेपाल दूरसञ्चार प्राधिकरणले आफैँसँग विशेषज्ञ जनशक्ति हुँदाहुँदै पनि परामर्श सेवाका नाममा करोडौँ रुपैयाँ खर्च गरेको पाइएको छ । गत आर्थिक वर्ष मात्रै विभिन्न ८७ शीर्षकमा परामर्श सेवाका नाममा प्राधिकरणका निवर्तमान अध्यक्ष दिगम्बर झाले जथाभावी रुपमा अढाई करोड रुपैयाँ खर्च गरेका हुन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्राधिकरणबाट भएका कामको अध्ययन गरी सुझाव पेस गर्न गठित पूर्वसहसचिव सूर्य राउत नेतृत्वको समितिले प्रतिवेदनले समेत परामर्श सेवामा अनावश्यक रुपमा खर्च गरिएको निष्कर्ष निकालेको छ । 

प्राधिकरणमा नभएको विशेषज्ञदाताका लागि परामर्श दातृ सेवा लिनु मनासिब देखिए पनि कर्मचारी विशेषज्ञबाटै हुन सक्ने काम कर्मचारीबाटै सम्पादन गराउन प्रतिवेदनले सरकारलाई सुझावसमेत दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप