शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एमबाप्पे र काभानीको ह्याट्रिक, नेमारको दुई गोल

आइतबार, ०६ माघ २०७५, ०८ : २७
आइतबार, ०६ माघ २०७५

एजेन्सी –फ्रेन्च लिग वानको शीर्ष टोली पेरिस सेन्ट जर्मन (पीएसजी) ले एउटै खेलमा नौ गोल गरेको छ । लिग अन्तर्गत शनिबार राती भएको खेलमा पीएसजीले गुइनग्याम्पलाई ९–० गोलले हरायो । 

घरेलु मैदानमा पीएसजीलाई जिताउन केलियन एमबाप्पे र एडिन्सन काभानीले ह्याट्रिक गरेका थिए । नेमारले दुई तथा थोमस म्युनियरले एक गोल थपे । 

११औं मिनेटमा खाता खोलेका नेमारले ६८औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गरेका थिए । एमबाप्पेले ३७औं, ४५औं र ८० औं मिनेटमा गोलगर्दै ह्याट्रिक पूरा गरे । काभानीले ५९औं, ६६औं र ७५औं मिनेटमा गोलगर्दै अर्को ह्याट्रिक पूरा गर्न भ्याए । थोमले ८३औं मिनेटमा एक गोल थपेका थिए । 

खेलभर पीएसजीको दवदवा खेपेको गुइनग्याम्पले गोल गर्न लायक कुनैपनि अवसर बनाउन सकेन । पीएसजीले लिगमा अपराजित यात्रा कायम राखेको छ । जितसँगै पीएसजीले १९ खेलबाट ५३ अंक बनाएको छ । पीएसजी दोस्रो स्थानमा रहेको लिले भन्दा १३ अंकले माथि छ । २१ खेल सकेको लिलेको ४० अंक छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप