शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मेक्सिकोमा तेल पाइप लाइनमा बिस्फोटः ७१ को मृत्यु

आइतबार, ०६ माघ २०७५, ०८ : ३९
आइतबार, ०६ माघ २०७५

बीबीसी

मेक्सिकोको हिडाग्लो प्रान्तमा शुक्रबार बेलुकी भएको तेल पाइप लाइन दुर्घटनामा ७१ को मृत्यु भएको खबर छ । यो दुर्घटनामा दर्जनौं घाइते भएका छन् ।

अधिकारीका अनुसार शुक्रबार बेलुकी दर्जनौं मानिस पाइपलाइनबाट चुहिरहेको   तेल भर्ने कोसिस गरिरहेका थिए ।

स्थानीय टेलिभिजन च्यानलमा जारी गरिएको फुटेजमा बिस्फोटपछि आगोमा जलिरहेका मानिसहरु देखिएका थिए ।

कसरी लाग्यो आगो ?

मेक्सिकोमा थुप्रै समुदायमा तेल चोरी निकै साधारण कुरा हो ।

मेक्सिको सरकारका अनुसार यो चुहावटका कारण गत वर्ष मेक्सिकोलाई ३३६ अर्ब नोक्सानी भएको थियो ।

गत वर्ष डिसेम्बरमा मेक्सिकोका राष्ट्रपति बनेका एन्ड्रेस मेनुएल लोपेज ओब्राडोरले यसविरुद्ध एउटा ठूलो अभियान सुरु गरेका छन् ।

मेक्सिकोको सरकारी तेल कम्पनी पेमेक्सले आफ्नो बयानमा पाइप लाइनमा अवैध तरिकाले प्वाल पारिएकाले आगो लागेको हो ।

पाइपलाइनको सुरक्षाका लागि हज्जारौं मरिन सुरक्षाकर्मीलाई तैनाथ गरियो । यसका साथै संवेदनशील स्थानमा मानिसहरुलाई जान प्रतिबन्ध लगाइएको छ ।

सरकारको यो नीतिका कारण ट्यांकरबाट तेलको वितरणमा विश्वास बढ्यो । यसका साथै मेक्सिकोमा विभिन्न स्थानमा तेलको कमी र पेट्रोल पम्पमा लामो लाइनको खबर आइरह्यो ।

अन्त्यमा निभाइयो आगोः

पब्लिक सेक्युरिटी मिनिस्टर अलफोन्सो दुरोजोले आफ्नो बयानमा राती १२ बजे (स्थानीय समय) सम्म आगो निभाइएको जानकारी दिए ।

स्थानीय नागरिक मार्टिन ट्रेजो भन्छन्, ‘यहाँ थुप्रै मानिसहरु ड्रमसहित उपस्थित थिए किनभने हामी तेलको अत्यधिक कमीको सामना गरिरहेका थियौं ।’

५५ वर्षीय मार्टिन घटनास्थलमा थिए र उनका छोरा तेल लिनका लागि गएका थिए ।

उक्त बिस्फोटपछि हिडाल्गो प्रान्तका गभर्नर ओमर फायदले ट्वीटरमा मानिसहरुलाई यस्तो दुर्घटनाबाट बच्ने कोसिस गर्न अपिल गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप