प्रधानमन्त्रीसँग स्विजरल्यान्ड जाने यस्तो छ १७ सदस्यीय टोली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार (आज) बेलुका १७ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै स्विजरल्यान्ड जाँदैछन् ।
स्विजरल्यान्डको डाबोसमा हुने विश्व आर्थिक सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली आज बेलुका ८ः५० बजेको उडानबाट त्यसतर्फ प्रस्थान गर्न लागेको प्रधानमन्त्रीका प्रेश संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् ।
यहि माघ ८ देखि सुरु हुने सम्मेलनमा भाग लिन प्रधानमन्त्रीको त्यसतर्फ जान लागेको हो ।
सो टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, प्रधानमन्त्री प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागीलगायत १७ सदस्य सहभागी रहने बताइएको छ ।
यो फोरमको सम्मेलनमा नेपालका तर्फबाट पहिलोपटक प्रधानमन्त्री सहभागी ओली हुन लागेका हुन् । सम्मेलनबाट विदेशी लगानी भित्रयाउँन सहयोग पुग्ने नेपाली पक्षको विश्वास छ ।
टोली सम्मेलन सकाएर माघ १२ मा स्वदेश फर्कने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी