बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सशस्त्र प्रहरीद्वारा लाखौं मूल्यको अवैध काठ बरामद

आइतबार, ०६ माघ २०७५, ११ : ०३
आइतबार, ०६ माघ २०७५

रौतहट–रौतहटमा सशस्त्र प्रहरी बलको गस्ती टोलीले दुई राँगा  र टायरगाढा सहित लाखौं मूल्य पर्ने अवैध सालको काठ बरामद गरेको छ ।

 फतुुआ बिजयपुुर नगरपालिका ११ भैंसही नजिकको जंगलमा सशस्त्र प्रहरीको गस्ती टोलीले आज बिहान चार बजे टायर गाढामा लोड गरिराखेको अवस्थामा ५० क्युविफिट अवैध सालको काठ बरामद गरेको हो ।

जंगलबाट अवैधरुपमा काठ कटान गरी लगिरहेको भन्ने सुूचनाको आधारमा सशस्त्र बेस बिजयपुरका प्रमुख सशस्त्र प्रहरी निरिक्षक बिष्णु अधिकारीको नेतृत्वमा गएको गस्ती टोलीको गाडीको प्रकाश हेरेर तस्करहरु भाग्न सफल भएपनि राँगा र टायरगाढा सहितको काठ बरामद गर्न सफल भएको सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एसपी कृष्ण ढकालले  बताए ।

टायरगाडा सहितको तीन लाख मूल्य बराबराको काठ पुुष्पलाल बन उपभोक्ता समितीको जिम्मा लगाइएको सशस्त्र प्रहरी बेस क्याम्प बिजयपुरले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप