शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डर्टमन्ड अग्रता बलियो बनाउँदै

आइतबार, ०६ माघ २०७५, ११ : १३
आइतबार, ०६ माघ २०७५

एजेन्सी – जर्मन बुन्डेस लिगा फुटबलको शीर्ष टोली बोरुसिया डर्टमन्डले आफ्नो अग्रतालाई थप बलियो बनाउँदै लगेको छ । 

लिग अन्तर्गत शनिबार राती भएको खेलमा डर्टमन्डले लेइपजिजलाई १–० गोलले हरायो । लेपिजिजको घरेलु मैदानमा खेलिएको खेलमा डर्टमन्डको जितमा एक्सेल विट्सेलले १९औं मिनेटमा गरेको गोल निर्णयक बनेको थियो । 

जितसँगै डर्टमन्डले दोस्रो स्थानमा रहेको बायर्न म्युनिखसँग ६ अंकको अग्रता बनाएको छ । डर्टमन्डको १८ खेलबाट ४५ अंक छ । बायर्नले समान खेलबाट ३९ अंक बनाएको छ । ३१ अंक बनाएको लेपिजिज चौथो स्थानमा छ । 

शनिबार राती नै भएको अर्को खेलमा तेस्रो स्थानमा रहेको बोरुसिया मोन्चेग्वाचले बायर लिभरकुसनलाई १–० गोलले हरायो । मोन्चेग्वाचको जितमा अलास्ने प्लेअले ३७ औं मिनेटमा गोल गरेका थिए । जितसँगै मोन्चेग्वाचले ३६ अंक बनाएको छ । २४ अंक बनाएको  लिभरकुसन १० औं स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप