शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महिलालाई शिष्टाचार सिकाउँदै नगरपालिका, नियममा भनिएको छ – सभ्य महिलाले आइक्रिम नखानुहोस्, पूरा मुख खोलेर नबोल्नुहोस्

आइतबार, ०६ माघ २०७५, १२ : ५८
आइतबार, ०६ माघ २०७५

टर्कीको सबैभन्दा महत्वपूर्ण शहर इस्तानबुलको नगरपालिकाले महिलालाई शिष्टाचार सिकाउनका लागि नियम बनाएसँगै विवादमा तानिएको छ । यसमा सभ्य महिलालाई आइसक्रिम चाटीचाटी नखान भनिएको छ । नगरपालिकाले जारी गरेको यस्तो नियमलाई मानिसहरुले भद्दा व्यवहार र महिलाको स्वतन्त्रतामाथिको हमलाको संज्ञा दिएका छन् । सोसल मिडियामा यस्ता नियमको विषयमा विशेष बहस नै चलिरहेको छ ।

दुई महिनाको कोर्सः

इस्तानबुलको बागसिलर नगरपालिकाले महिलालाई शिष्टाचार सिकाउनका लागि दुई महिनाको कोर्स सार्वजनिक गरेको छ । यससँग जोडिएका जानकारका अनुसार लेक्चरमार्फत युवतीलाई सार्वजनिक स्थानमा कस्तो व्यवहार गर्ने भनेर सिकाइन्छ ।

नगरपालिकाका अनुसार इस्तानबुलका सभ्य महिलालाई पारम्परिक लोकाचारबारे थाहा हुनुपर्छ । यो कोर्समा महिलालाई विनम्र हुन, भान्छामा काम गर्नेलगायताका क्रियाकलाप सिकाइन्छ । उक्त नियममा महिलाले पूरा मुख खोलेर बोल्न नहुने पनि बताइएको छ ।

नगरपालिकाको नियमका कारण सोसल मिडियामा ठूलै बहस निम्तिएको छ । एक समूह ‘लेडीज गाइड’ले भनेको छ, ‘ठिक छ महिलाले आइक्रिम चाट्नु हुँदैन । तर रिपोर्टमा आइक्रिम कोनको आनन्द लिनु किन खराब मानिएको हो, त्यसबारे भने जानकारी दिइएको छैन ।  सबैभन्दा आश्चर्यको कुरा के छ भने मानिसहरुले महिलाले आइक्रिस खाँदा पनि तौर तरिका अपनाओस् भन्ने आशा राख्छन् ।’

ट्वीटरमा एक व्यक्तिले सोधे, ‘आइसक्रिम खानुको सही तरिका के हो ?’

अर्का प्रयोगकर्ताले लेखे, ‘के पूरै आइसक्रिमलाई मुखमा अटाउन कोसिस गर्ने हो कि अरु केही गर्ने ?’

अन्य व्यक्तिले भने, ‘हामी त आइसक्रिम चाटेरै खान्छौं, यसमा सल्लाह दिने कोसिस नगर्नुहोस् ।’

बसमा यात्रा गर्दा लामो कुरा नगर्नुहोस्ः

नगरपालिकाको नियममा महिलाको चुइंगम चपाउने बानी पनि खराब बताएको छ । साथै बसमा यात्राका बेला फोनमा लामो कुराकानी गर्ने र भद्दा शब्दको प्रयोग गर्न नहुने बताइएको छ । पुरुषसँग पहिलो पटक भेट्दा महिलाले उनीहरुको विवाह भयो वा कति सन्तान छन् भन्ने कुरा पनि सोध्न नहुने बताइएको छ ।

महिलालाई तालिम दिनका लागि गणितकी लेक्चरर अर्जु अरदालाई बोलाइएको छ । अरदा भन्छिन्, ‘शिष्टाचार नै हाम्रो धर्म, परम्परा र संकृतिलाई बढाउँछ । शिष्टाचार र विनम्रता समाजमा कम भइरहेको छ । आशा छ कि यस्तो स्थितीमा परिवर्तन आउनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप