बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दाङमा जुवा खालबाट ४ जना पक्राउ

आइतबार, ०६ माघ २०७५, १३ : ००
आइतबार, ०६ माघ २०७५

बुटवल–  दाङको तुल्सीपुर उपमहानगरपालिका स्थित एक रेष्टुरेण्टबाट प्रहरीले जुवा तास खेलिरहेका ४ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।  वडा नम्वर ५ (ग) लाइनमा रहेको न्यु हरियाली रेष्टुरेण्टबाट तास र नगद ८८ हजार २ सय ६० सहित चारजना इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को  परिच्छेद– ५ को दफा १२५ को जुवा तास सम्वन्धि कसुममा मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय दाङ्गका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए । ४ जनाको नाम भने प्रहरीले गोप्य राख्न चाहेको बतायो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप