शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

माघ ७ सम्म फिक्कल कला महोत्सव

आइतबार, ०६ माघ २०७५, १३ : २०
आइतबार, ०६ माघ २०७५

सिन्धुली – ताप्लेजुङदेखि कास्कीसम्मका हिमालय शृङ्खला देख्न सकिने सिन्धुलीको फिक्कल टाकुराको प्रवद्र्धन गरी पर्यटक भित्र्याउने उद्देश्य सहित ‘फिक्कल कला शिविर–२०७५’ आयोजना गरिएको छ ।
 
फिक्कल गाउँपालिकाद्वारा पुस २८ गतेदेखि माघ ३ गतेसम्म आयोजित छ दिने ‘फिक्कल कला शिविर’मा छ जना कलाकारको सहभागिता रहेको थियो ।

फिक्कल कला शिवर २०७५ का संयोजक दीपक श्रेष्ठका अनुसार, कला शिवरमा अंशुराम खाइजु, मंगल प्रजापति, सुरेम देशार, अनिल महर्जन, जयराम महर्जन, डिकेश महर्जन र अनिल खड्काको सहभागिता रहेको थियो । 

कलाकारहरुले फिक्कलबाट देखिने हिमशृङ्खला, ग्रामीण वस्तीका दृश्य, सुनकोशी जलयात्रालगायत २३ थान चित्रकला तयार पारेका थिए ।

कला शिविरमा तयार पारिएका चित्रकलालाई प्रथम फिक्कल महोत्सवमा प्रदर्शनीका लागि राखिएको छ । महोत्सव माघ ७ आर्थात भोलीसम्म सञ्चालन हुनेछ । 

महोत्सव संयोजकसमेत रहेका उपाध्यक्ष सुनुवारका अनुसार, समुद्री सतहबाट दुई हजार २६८ मिटर उचाईमा रहेको फिक्कल टाकुराबाट सगरमाथालगायत हिमशृङ्खलालाई देख्न सकिन्छ । 

सगरमाथालाई आमनेसामने देख्न सकिने फिक्कलको पर्यटन प्रवद्र्धनका लागि कला शिविरको आयोजना गरिएको उनको भनाई रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप