प्रदेश ५ गाडी खरिद प्रकरण : उपसमिति संयोजक भन्छन् ‘गाडी खरिद नियतमाथि नै शङ्का’
बुटवल । प्रदेश नम्बर ५ मा प्रदेशसभाका विभिन्न सभापाति र दलका नेताहरूका लागि खरिद गरिएका गाडीमा अनियमितता भएको विषयमा छानविन गर्न गठित छानविन उपसमितिले प्रतिवदेन बुझाएको छ । उपसमितिले प्रतिवेदन आइतबार बुझाएको हो ।
पुस २७ गते बसेको सार्वजिक लेखा समितिले गाडी खरिदका क्रममा अनयिमितता भएको भन्दै छानविनका लागि उपसमिति गठन गरेको थियो । उपसमितिले गाडी खरिदका कागजातहरू अध्ययन गरी प्रतिवदेन तयार पारेको हो ।
छानविन उपसमितिका संयोजक कुलप्रसाद पोखरेलले सार्वजनिक खरिद ऐनअनुसार नै गाडी खरिद भए पनि गाडी खरिद गर्नुको नियत गलत देखिएको बताए । उनले थप छानविनका लागि कानुनी, आर्थिक, प्राविधिक पक्ष बुझेका जानकारहरूसँग छलफल गर्नुपर्ने भएकाले सदस्य थप्नुपर्ने रायसहितको प्रतिवेदन समितिलाई बुझाएको बताए । प्रदेश ५ को लेखा समितिको बैठकले सदस्य थपको निर्णय गर्ने बताइएको छ ।
सार्वजनिक लेखा समितिका सभापति डिल्ली चौधरीले उपसमितिले बुझाएको प्रतिवेदनमा थप अनुन्धान गर्न समय दिने र बाँकी काम लेखा समितिले गर्ने बताए । उनले उपसमितिले डकुमेन्ट सङ्कलन गर्ने, अनुसन्धान गर्ने र अन्त्यमा गाडी खरिदमा जोडिएका सरोकारवाला पक्षसँग सयुक्त रूपमा बयान लिने बताए ।
यसअघि प्रदेशसभाले खरिद गरेका गाडीहरूमा आर्थिक चलखेल भएको सबैभन्दा पहिला रातोपाटीले समाचार प्रकाशन गरेको थियो । समाचार आएपछि सभापति डिल्ली चौधरी र नेपाली काँग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेल गाडी फिर्ता गरेका थिए ।
खरिद गरेका १३ वटा गाडीमध्ये ११ वटा गाडी टाटा स्ट्रोम थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाउपाका नेता घनश्याम चौधरी भन्छन्– सुदूरपश्चिम सरकारबाट हामी फिर्ता हुँदैनौँ
-
त्रिविले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने
-
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
-
भारतमा ट्याक्सी दुर्घटना हुँदा १० जनाको मृत्यु
-
शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै
-
कांग्रेस नेता खुमबहादुरको योगदान अतुलनीय छ : सभापति देउवा