शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

परपुरुषसँग सम्बन्ध रहेको भन्दै श्रीमानद्वारा श्रीमतीको हत्या, हत्यापछि आफ्नो प्रेमिकालाई एसएमएस

आइतबार, ०६ माघ २०७५, १५ : ४५
आइतबार, ०६ माघ २०७५

बुटवल । शनिवार नवलपरासीको चिसापानी  जंगलमा एक महिलाको शव फला परे लगत्तै प्रेमिकालाई सूचना दिँदै आफ्नै श्रीमानले हत्या गरेको त्यहाँको प्रहरीले पत्ता लगाएको छ ।

जिल्लाको वर्दघाट नगरपालिका–२ की २१ वर्षीया कमला थरुनी चौधरीको शव शनिवार दाउरा–घाँस गएका महिलाहरुले चिसापानी जङ्गलमा देखेर प्रहरीलाई खबर गरेका थिए ।

उनलाई आफ्नै श्रीमान् सुनिल चौधरीले हत्या गरेर जङ्गलमा फालेको निजले नै स्वीकार गरेको नवलपरासीका प्रहरी प्रमुख एसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

उनले भने, ‘अनुसन्धान पछि श्रीमतिको अर्कै पुरुषसँग प्रेम सम्बन्ध रहेको आशंकामा श्रीमान्ले हत्या गरेको स्वीकार गरेको छ । साथै श्रीमानको पनि अर्की महिलासँग प्रेमसम्बन्ध रहेको खुलेको छ ।’

उनका श्रीमान सुनिल विदेश श्रीमान भएकी अर्की एक महिलासँग प्रेम सम्वन्ध राख्दै आएका थिए । 

श्रीमतिको हत्या गरे पछि ती महिलालाई ‘मैले मेरी बुढी मारेँ’ भन्ने सूचना मोवाइलमा एसएमएसमा पठाएका थिए ।

त्यही एसएमएसको आधारमा ती महिलालाई पनि प्रहरीले नियन्त्रणमा लिएएको प्रहरी निरीक्षक सिंहले बताए ।

‘चिसापानी जङ्गलदेखि तल खोल्सामा  श्रीमतिको शव लुकाउन भन्दै फालिएको देखिन्छ’– सिंहले भने, ‘तल खोल्सामा  नखसेर डिलमा शव अडिएपछि सेउलाले ढाकिएको  पाइयो । कसैले बलात्कार गरेर फालेको भन्ने पार्न र आफु बच्न निजको पतिले उनका भित्री बस्त्र  फुकालेर फाल्दै र घाँटी निमोठ्दै मारेको स्वीकार गरेका छन् ।’

बुहारीको शव लुकाउन ससुराले समेत भूमिका खेलेको पाइएपछि उनलाई समेत नियन्त्रणमा लिई अनुसन्धान भई रहेको प्रहरी निरीक्षक बालिस्टर सिंहले बताए । 

श्रीमान सुनिलसँग सम्बन्ध रहेको भनेकी ती महिलाले भने आफू र सुनिलबीच प्रेम सम्बन्ध नरहेको प्रहरीसामु बताएकी छिन् । यद्यपि, उनले आफूलाई ‘श्रीमतिको बानी–व्यवहार ठीक नभएको’ भन्ने गरेको ती महिलाको बयान छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप