शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ज्ञानेन्द्र शाह सिमरा हुँदै झापा जाने

आइतबार, ०६ माघ २०७५, १७ : ४४
आइतबार, ०६ माघ २०७५

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह आगामी साता पत्नी कोमल शाहसहित बाराको सिमरा जाने भएका छन् । 

शाह दम्पति अर्को आइतबार सिमरा जान लागेका हुन् । प्रत्यक बर्षको जाडो महिनामा ज्ञानेन्द्र शाह केही समयका लागि सिमरा जाने गरेका छन् । सिमरामा उनी ‘प्रभु बास’मा बस्ने गरेका छन् । 

शाहका प्रेस सहयोगी डा. फणिराज पाठकका अनुसार शाह दम्पत्ति सिमरामा केही दिन बसेर झापाको दमक जाने कार्यक्रम रहेको छ । 

पाठकले पूर्व राजा शाहको सिमरा र झापा भ्रमण निजी भएको समेत बताएका छन् ।

यद्यपी पूर्व राजा शाहले सिमरा र झापामा रहँदा महत्वपूर्ण भेटघाटसमेत गर्नसक्ने बुझिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप