शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘स्कुटर अफ द इयर’ टिभिएस एनटर्क, यस्ता छन् विशेषता

आइतबार, ०६ माघ २०७५, १७ : ५७
आइतबार, ०६ माघ २०७५

काठमाडौं– एउटा युग थियो जब स्कुटर सामान ओसारपसार र महिलाहरुका लागि मात्र प्रयोग हुन्थ्यो । तर, अब त्यतिमा मात्र सिमित हुने दिन गइसकेको छ । अहिलेको प्राविधिक युगमा आम मानिसले केहि फरक खोजिरहेका हुन्छन् । 

यसमा टीभीएस एनटर्कको नयाँ स्टाइलले जो–कोही राईडिङ्गको मज्जा लिन सक्छन् । यस स्कुटर फाइटर जेट स्टाइल, रेस स्पेक इन्स्ट्रुमेन्ट क्लस्टर र थ्रोटल एक्जस्ट नोट जस्ता अन्य थुप्रै आकर्षक फिचरहरु रहेका छन् । टिभिएस एनटर्कलाई अटो कार इन्डियाले ‘स्कुटर अफ द इयर’ अवार्डद्वारा सम्मानित गरेको छ ।

स्टाईल

अधिकांश स्कुटरलाई कर्भी स्टाईलमा डिजाइन गरिएको हुन्छ । तर, एनटर्कलाई निकै सहज र सार्पन शैलीमा डिजाइन गरिएको छ । टिभिएसको नयाँ १२५ सीसीको स्कुटर डिजाइन स्टिल्थ एयरक्राफ्टको सार्प र याङगुलर लाइनबाट प्रभावित भएको छ । यस स्कुटरको बडीमा मेटलको प्रयोग नगरेर प्लास्टीक प्यानल प्रयोग गरिएको छ जसले गर्दा एनटर्क स्कुटरलाई स्पोर्टी लुक दिएको छ ।

एनटर्क मेट सिरिजमा सेतोे, रातो र पहेलो रंगमा र मेटालिका सिरिजमा ग्रे र निलो रंगमा नेपाली बजारमा उपलब्ध छ । यसमा ब्याटविङ्ग आकारको डिआरएल, रेसी अल मिटर कन्शोल, पेटल आकारको ब्रेक डिस्क, भटिकल टी आकारको टेल ल्याम्प र कुललुकको रियर भेन्टको प्रयोग गरिएको छ । जसले गर्दा एनटर्क जेट जस्तै देखिन्छ ।

एनटर्कको हरेक आकारहरु छिटो र आर्कषक वस्तुहरुबाट प्रेरित भएको छ । केहि फिनिसिङ फक्स कारबन फाइबर प्लास्टीकबाट गरिएकाले यसको लुक्स स्पोर्टी छ ।

एनटर्कमा चङकी एकजस्ट मफलर जस्ता अन्य विशेषताहरु रहेका छन् । एनटर्कको सुन्दर मल्टी स्पोक अलो ह्वीललाई चम्कीलो कालो रंगले फिनिसिङ गरिएको छ जसमा १२ इिन्चको ट्यूबलेस टायर छ । एकजस्ट नजिकै रातो फ्यान जडान गरिएको छ जसले गर्दा यसले अझै स्पोर्टी लुक्स पाएको छ । यसको फ्यूल ट्याङक सिटको पछाडि रहेको छ, जसलाई सिटको दाँया भागबाट खोल्न सकिन्छ ।

इन्जिन र पर्फमेन्श

एनटर्कको १२५ सीसी सिङ्गल सिलिन्डर विएस–४ कम्प्लायन्ट इन्जिन रहेको छ, जसले ९.३ वीएचपीको उच्चशक्ति र १०.५ एनएमपिक टर्क जेनेरेट छ । इन्जिनमा भएका ३ वटा भल्वहरुले स्मुथ र आरामदायी यात्रा दिन्छ ।

यसमा प्रयोग भएको डिजिटल कन्सोल एक नयाँ रिभोलुसन हो, जसले सहज शैलीमा चालकलाई धेरै सुचना प्रदान गर्छ । यो स्कुटरलाई चालकले नियमित स्ट्रीट मोडबाट शुरुवात गरेर स्र्पोट मोडमा ल्याइ ०–६० किलोमिटर प्रतिघन्टाको स्पीडमा चलाउन सक्नेछन् ।

स्कुटरको डिजिटल कन्सोलाई ब्लुटुथको माध्यम बाट कनेक्ट गरेर परिर्वतन गर्न सकिनेछ । उक्त डिजिटल कन्सोलमा चालकले फोन रिसिभ, म्यासेज, मिस्डकल र डिरेक्सन न्याभिगेट जस्ता फिचरहरु उपयोग गर्न सकिन्छ ।

ह्यान्डीलिङ एण्ड साइड क्वालिटि

एनटर्कको सबैभन्दा शक्तिशाली पक्ष नै ह्यान्डीलिङ हो । यसको सार्प ह्यान्डीलिङले राइडलाई अझै रमाइलो र रोचक बनाउँछ । यसमा सक सेटअप, अघिल्लो भाग टेलिस्कोपिक, रियरमा हाइड्रोलिक कोल स्प्रीङले गर्दा उत्कृष्ट रहेको छ । यसको स्याडल मिडियम नरम भएकाले एकल राइड गर्दा वा डवल राइड गर्दा पनि आरामदायी छ ।

यसको पछाडिको सिटको ग्याब रेलमा प्वालहरु भएकाले सहजै लगेजहरु राख्न पनि सकिन्छ । टिभिएसले यो स्कुटर डिजाइन गर्दा निकै ध्यान पुर्याएको देखिन्छ । यसको फराकिलो टायरले एकिकृत ब्रेकिङ प्रणालीको साथमा सुरक्षालाई मध्यनजर गर्दै आवश्यक सबै ग्रीप प्रदान गर्छ । यो स्कुटर डिक्स ब्रेकमा पनि उपलब्ध छ ।

अन्य सुविधाहरु

स्कुटरमा कुसनहरु दिइएको छ, जसले गर्दा चालकलाई लामो यात्रामा कुनै कठिनाइको सामना गर्नु पर्दैन । सिटको उचाइ ७ सय ७० एमएम छ जुन एकदमै पर्फेक्ट छ । यसको ह्यान्डबार अग्लो छ जसले गर्दा सहजै कन्ट्रोल गर्न सकिन्छ । एनटर्क अन्य स्कुटरभन्दा उत्कृष्ट रहेको छ । यसमा १२ इन्चको टायर प्रयोग गरिएको छ ।

सिटको तल्लो भेगमा यूएसवी चार्जीङ पनि जडान गरिएको छ । यो स्कुटर सेगमेन्टमा पहिलो  इन्जिनकिल स्वीच जडित छ, जसमा फियूल रिजर्भ एफ र पार्किङ ब्रेक छ । यो सबै डिजिटल कन्सोलमा उपलब्ध छ ।

डिजिटल कनसोलमा फोनका लागि ब्लुटुथ छ जुन एनड्रोयडमा कनेक्ट गर्न सकिन्छ । एकचोटी कनेक्ट गरेपछि अलर्ट नोटिफिकेशन आउँछ जसमा आगमन कल, म्यासेज र लास्ट पार्क गरेको लोकेसन कन्शोलमा डिस्प्ले हुन्छ जसले गर्दा बेला बेला फोन चेक गर्ने झन्झटबाट मुक्ति मिल्छ ।

यो स्कुटर भारतीय र नेपाली बजारमा निकै सफल मानिएको छ । एनटर्क सबै वर्गका लागि लक्षित गरेर डिजाइन गरिएको छ । यो स्कुटरको थुप्रै आकर्षक विशेषताले गर्दा युवाहरु मझ लोकप्रिय बनेको छ ।
यसको फियूल ट्याङक ५.५ लिटर छ ।

यसले प्रति लिटर ३५ देखि ४० किलोमिटरको माइलेज दिन्छ । यसमा जडान गरिएको ब्लुटुथ इन्स्ट्रुमेन्ट ह्यासलफ्रि छ । टिभिएसले कम्फट र फिजिकालिटीमा राम्रो सन्तुलन कायम गरेको छ । यस स्कुटर ड्रम ब्रेकमा पनि उपलब्ध छ । यसको बजार मूल्य २ लाख १४ हजार ९ सय बाट शुरु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप