बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

दुई महिलाको हत्या : कारण अवैध सम्वन्धकै

आइतबार, ०६ माघ २०७५, १८ : ३३
आइतबार, ०६ माघ २०७५

बुटवल । पछिल्लो दुई दिनमा प्रदेश ५ र प्रदेश ६ का दुई बेग्लाबेग्लै जिल्लामा दुई महिलाको हत्या भएको छ । दुवैको हत्या उनीहरुकै श्रीमानले गरेका हुन् । कारण पनि एउटै छ – अवैध सम्बन्धको आशंका । 

कैलालीको जानकी गाउँपालिका–७, गौलारीका ३५ वर्षीय प्रेमलाल चौधरीले ३२ वर्षीया श्रीमती रमा चौधरीको आइतबार बिहान करिब ५ बजेको समयमा टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरेका हुन् । 

श्रीमतीको हत्या गरेलगत्तै प्रेमलालले झुण्डिएर आत्माहत्याको प्रयास गरेका थिए ।  तर, उनी झुण्डिएर छट्पटाइरहेको अवस्थामा प्रहरीले डोरी काटेर बचाउने प्रयास गरेपनि अस्पतालमा पुर्याएपछि डाक्टरले उनलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय टिकापुरले जनाएको छ  ।    

यता नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका–२ की २१ वर्षीया कमला थरुनी चौधरीलाई श्रीमान सुनिल चौधरीले हत्या गरेर फालेको अवस्थामा कमलाको शव हिजो शनिवार चिसापानी जंगलमा फेला परेको छ ।

श्रीमतीले अर्कैसँग अवैध सम्बन्ध राख्दै आएको आशंकामा आफूले श्रीमतीको घाँटी निमोठेर हत्या गरेको स्वंयमले बताएको नवलपरासीका प्रहरी प्रमुख एसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

र..यो पनि

श्रीमतीको हत्यापछि कैलालीमा युवकले गरे आत्महत्या

परपुरुषसँग सम्बन्ध रहेको भन्दै श्रीमानद्वारा श्रीमतीको हत्या, हत्यापछि आफ्नो प्रेमिकालाई एसएमएस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप