शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश ५ गाडी खरिद प्रकरण : छानबिनका लागि ३ सदस्य थप

आइतबार, ०६ माघ २०७५, १९ : ३४
आइतबार, ०६ माघ २०७५

काठमाडौं । प्रदेशसभा ५ मा गाडी  खरिद प्रकरणको छानविन गर्न गठित उपसमितिमा तीन जना थप गरिएको छ ।  

समितिका सदस्य विष्णु पन्थीका अनुसार आज बसेको समितिको बैठकले रेवतीरमण शर्मा, गिता थापा र बसिउदीन खानलाई सदस्यका रुपमा थपिएको हो ।

समतिले गाडी खरिद प्रकरणमा अनियमितताको शङ्का गर्दै थप अनुसन्धानका लागि सदस्य थप गर्ने निणर्य गरेको हो । 

आजै लेखा समितिलाई उपसमितिले अधुरो प्रतिवदेन बुझाएको छ ।  छानबिन उपसमितिका संयोजक कुलप्रसाद पोखरलेले सवारी खरिदबारे ८ पेज लामो छानविन प्रतिवेदन पेश गर्दे थप बिषय बाहिर ल्याउन सदस्य थपिएको जानकारी दिए ।  

प्रतिवेदनमा उपसमितिले १३ वटा प्रश्न उठाएको छ । छानबिन उपसमितिका संयोजक  कुलप्रसाद  पोखरेलले गाडी खरिद प्रक्रियामा नियतमाथि शंका लागेको पनि बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप