बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

माघ ६ गते : ५ नम्बर प्रदेश हेडलाइन, कहाँ के भयो ?

आइतबार, ०६ माघ २०७५, १९ : ५७
आइतबार, ०६ माघ २०७५

गाडी खरिद प्रकरण : प्रतिवेदन लेखा समितिलाई हस्तारण

बुटवल  । प्रदेशसभा ५ मा गठन भएको गाडी  खरिद प्रकरणको छानबिन गर्न गठित उपसमितिमा तीन जना थप गरिएको छ ।   

पुस २७ गते बसेको सार्वजनिक लेखा समितिबाट गठित उपसमितिले कार्यलयमा भएको चार पांग्रे सवारी सधान खरिद सम्बधमा प्राप्त कागजहरु अध्ययन गरी प्रतिवदेन बझुाउँदै थप अनुसन्धान गर्नको लागि तीन सदस्य थपेको हो । 

समितिका सदस्य विष्णु पन्थीका अनुसार रेवती रमण शर्मा दाङ, गीता थापा गुल्मी, बशिउदीन खान रुपन्देहीलाई थपिएको हो ।

समतिले गाडी खरिद प्रकरणमा नियतमाथि शंका गर्दै थप अनुसन्धानको लागि समितिको सदस्य थप गर्ने निणर्य गरेको हो ।  आज लेखा समितिकालाई अधुरो प्रतिवदेन पनि बुझाएको छ ।

दुई नाल भरुवा बन्दुकसहित एकजना पक्राउ

दाङको शान्तिनगर गाउँपालिका–४ जुम्लेकुलाका एक व्यक्तिको घरमा लुकाई राखेको दुई थान भरुवा बन्दुक र बँदेलको सपेटासहित प्रहरीले बरामद गरी ती ब्यक्तिलाई पक्राउ गरेको छ । 

सो गाउँका हरिबहादुर रासकोटीको घरबाट उक्त बन्दुक फेला परी उनलाई पक्राउ गरिएको र हातहतियार तथा खरखजना कसुरको मुद्दा दर्ता गर्न लागिएको दाङ जिल्लाका प्रहरी प्रवक्ता रामप्रसाद घर्तीमगरले जानकारी दिए ।  

दाङमा जुवा खालबाट ४ जना पक्राउ

दाङको तुल्सीपुर उप–महानगरपालिकास्थित एक रेष्टुरेण्टबाट प्रहरीले जुवातास खेलिरहेका चार जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।  

वडा नम्वर ५ मा रहेको न्यू हरियाली रेष्टुरेण्टबाट तास र नगद ८८ हजार २ सय ६० सहित चार जनालाई इलाका प्रहरी कार्यालय तुल्सीपुरको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनीहरुलाई मुलुकी अपराधसंहिता २०७४ को  परिच्छेद–५ को दफा १२५ को जुवातास सम्बन्धि कसुरमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए ।

सरावल गोल्डकप प्रतियोगीताको उपाधी कावासोतीलाई

पश्चिम नवलपरासीमा सर्वाधिक धनराशी रहेको सरावल गोल्डकप प्रतियोगीताको उपाधी कावासोती —३  अठ्डाईस बिगाहाको टिमले हात पारेको छ ।                                   

पश्चिम नवलपरासीको सरावलमा सम्पन्न फाइनल खेलमा देशभक्त युवा क्लब मगरमुडहा नवलपरासीलाई ० को विरुद्ध २ गोलले पराजित गर्दै अठ्डाईस बिगाहा कावासोतीले प्रथम सरावल गोल्डकपको उपाधि हात पारेको हो ।

प्रतियोगीतामा कावासोतीको तर्फबाट खेलको २९ औं मिनेटमा जर्सी नं ९ का  प्रकाश पुन  र ५२ औं मिनेटमा जर्सी नं १२ का सुरेश कुमालले गरेको गोलले जितलाई सुनिश्चित गरेको   थियो ।

प्रतियोगितामा विजेता र उपविजेता हुने टिमले क्रमश नगद रु.१ लाख २५ हजार र द्वितिया  हुने टिमले ७५ हजार पुरस्कारसहित मेडल, सिल्ड र प्रमाण पत्र प्राप्त गरेका छन् ।

खुुल्ला ब्याडमिन्टन प्रतीयोगीताको उपाधी पोखरालाई

‘स्वास्थ्यका लागि खेलकुुद राष्ट्रका लागि खेलकुुद’ भन्ने मुुल नारासहित बुटवलको तामनगर ब्याडमिन्टन क्लबले आयोजना गरेको तेस्रो आउटडोर खुुला पुुरुष तथा भेट्रान ब्याडमिन्टन प्रतीयोगीताको उपाधी पोखरा ब्याडमिन्टन क्लबले कब्जा गरेको छ ।

पोखरा ब्याडमिन्टन क्लबका तर्फबाट विधान अधिकारी र विशाल बस्नेतले आयोजक तामनगरलाई पराजित गरेको हो । जितसँगै पोखराले नगद ४० हजार कप मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

दोस्रो हुुने आयोजक तामनगरका चुुरन थापा र बिनोद पौडेललको जोडीले नगद २५ हजारसहित कप मेडल र प्रमाणपत्र प्राप्त गरे भने तेस्रो हुुने बुुटवल ब्याडमिन्टन क्लबका विरेन्द्र बिष्टर इन्द्र महताको जोडी तथा पोखराका विशाल खड्का र केवल श्रेष्ठको जोडीले नगद ७ हजार ५ सय कप मेडल तथा प्रमाणपत्र प्राप्त गर्न सफल भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप