शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘ब्रेक्जिट रोकिएमा मुलुकले ‘राजनीतिक सुनामी’ को सामाना गर्नुपर्छ ’

आइतबार, ०६ माघ २०७५, २१ : २३
आइतबार, ०६ माघ २०७५

लण्डन । बेलायतको यूरोपेली संघ (इयू) बाट हुने बहिर्गमनबारे सरकारले निर्णय नलिएमा देशले ‘राजनीतिक सुनामी’ को सामना गर्नुपर्ने अवस्था आउने बेलायती व्यापार मन्त्रीले आइतबार बताएका छन् । 

अन्तराष्ट्रिय व्यापार मन्त्री लियाम फक्सले टेलिग्राफ दैनिकमा लेखेका छन्, ‘ब्रेक्जिट प्रक्रिया अवरुद्ध हुनुले संसद र जनताबीचको दूरीलाई बढाइदिनेछ, जुन हाम्रो मुलुकको राजनीतिक प्रणालीमा विभाजनको कारक बन्नसक्छ र यसबाट अनपेक्षित नतिजाको सामना गर्नुपर्ने हुन्छ ।’

प्रधानमन्त्री टरिजा मे ले इयूसँग बेलायत बहिर्गमनबारे गरेको सम्झौतापछि बेलायती संसदले सम्झौतालाई अस्वीकार गरेपछि बे्रक्जिट प्रक्रिया अवरूद्ध बनेको छ । 

केही सांसदहरूले राजनीतिक नेतृत्वमा सहमति नजुट्दासम्म मार्च २९ का लागि तय भएको बहिर्गमन प्रक्रियालाई ढिलो गर्न सुझाब दिएका छन् । 

यद्यपि प्रधानमन्त्री मेले आफ्नो अघिल्लो प्रस्ताव विफल भएपछि सोमबार संसदमा नयाँ योजनासाथ आउने बताइएको छ । विश्लेषकहरूले प्रधानमन्त्रीबाट व्यापक परिवर्तनसहितको नयाँ योजना आउने सम्भावना रहेको बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप