बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अर्थमन्त्रीको दबाबमा अध्यक्ष बनेका कोइराला बर्खास्त

सोमबार, ०७ माघ २०७५, ०७ : १३
सोमबार, ०७ माघ २०७५

काठमाडौं - अर्थमन्त्री युवराज खतिवडाको दबाबमा पूर्वाधार विकास बैंकका अध्यक्ष डा. विमल कोइरालालाई बर्खास्त गरिएको छ । बैंक स्थापनाका लागि सबै प्रक्रिया पूरा भएर राष्ट्र बैंकबाट अनुमति लिने क्रममा रहेका बेला कोइरालालाई पदबाट हटाइएको हो । गत बुधबारको सञ्चालक समिति बैठकले उनलाई हटाउने निर्णय गरेको थियो । बैंकका अध्यक्षमा अनुज अग्रवाल नियुक्त भएका छन् । 

बैंक स्थापना गर्ने काममा अहोरात्र खट्दा पनि आफूलाई हटाइने कोइरालाले बताए ।‘करिब साढे तीन वर्षसम्म बैंक स्थापना गर्न मेहनत गरें । तर त्यो मेहनतको कुनै अर्थ भएन,’ पूर्व मुख्यसचिवसमेत रहेका कोइरालाले भने, ‘यसबारे उपयुक्त समयमा बोल्नेछु ।’ कांग्रेस नेतृत्वको सरकारले कोइरालालाई अध्यक्षमा नियुक्ति गरेको थियो।

सरकारको १० प्रतिशत सेयर र निजी क्षेत्रबाट ९० प्रतिशत लगानी जुटाउने गरी दर्ता भएको पूर्वाधार विकास बैंकलाई सरकारले आफू अनुकूल व्यक्तिलाई नियुक्त गरेको छ। यो समाचार आजको नागरिक पत्रिकाबाट लिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप