शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति निवासको योजनाः शीतलनिवासलाई नारायणहिटी दरबारभन्दा पनि भव्य बनाउने

सोमबार, ०७ माघ २०७५, ०८ : ०१
सोमबार, ०७ माघ २०७५

काठमाडौँ – सरकारल राष्ट्रपति निवासलाई अति सुविधासम्पन्न बनाउने योजना ल्याएको छ । यसका लागि ३ सय ५० रोपनीको प्रहरी प्रतिष्टान हटाइँदै छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

‘प्रहरी प्रतिष्ठान महाराजगन्ज विस्थापन गरी गुरु योजनाअन्तर्गत  राष्ट्रपतिको लागि कार्यालय र आवासका लागि सबै खाले सुविधा भएको भवन बन्नेछ,’ प्रधानमन्त्री कार्यालयले प्रहरी प्रतिष्ठान र  राष्ट्रपति कार्यालयलाई बोधार्थ पठाएको पत्रमा भनिएको छ ।

राष्ट्रपति परिसरमा प्रतिष्ठानको १ सय १४ रोपनी ३ आना जग्गा गाभिनेछ । यसअघि नै प्रतिष्ठानको ४१ रोपनी जग्गा  राष्ट्रपति भवनअन्तर्गत ल्याइसकेको थियो । अब उक्त कम्पाउन्ड साढे तीन सय रोपनीभन्दा बढीको हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप