लिभरपुललाई पछ्याउँदै सिटी
एजेन्सी - साविक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा शीर्ष टोली लिभरपुललाई पछ्याउँदै गएको छ । लिगअन्तर्गत आइतबार राति भएको खेलमा सिटीले हडर्सफिल्डलाई ३–० गोलले हरायो ।
रेलिगेसनको मारमा रहेको हडर्सफिल्डविरुद्ध एकपक्षीय प्रदर्शन गरेको सिटीको जितमा डानिलोले १८ औं मिनेटमा सुरुवाती गोल गरे । पहिलो हाफमा एक गोल गरेको सिटीका लागि ५४ औं मिनेटमा रहिम स्ट्रलिङले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । लेरोई सानेले ५६ औं मिनेटमा गोल गर्दै सिटीलाई सहज जित दिलाएका थिए ।
घरेलु मैदानमा हडर्सफिल्डले कुनै प्रभाव देखाउन सकेन । जितसँगै लिगमा २३ खेल सकेको सिटीले ५६ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको सिटीले शीर्ष टोली लिभरपुलसँगको दूरी चार अंकले घटाएको छ । समान खेलबाट लिभरपुलको ६० अंक छ । हडर्सफिल्ड ११ अंकसहित तालिकाको अन्तिममा छ ।
यसैगरी आइतबार राति नै भएको अर्को खेलमा टोट्टनहामले फुलहामलाई २–१ गोलले हरायो । फुलहामको घरेलु मैदानमा खेलिएको खेलमा घरेलु टोलीले टोट्टनहामको आत्मघाती गोल सहयोगमा सुरुवाती अग्रता लिएको थियो । १७ औं मिनेटमा बल बचाउने क्रममा टोट्टनहामका फरर्नान्डो लोरेन्टेको प्रहार आत्मघाती गोल भएको थियो ।
त्यसपछि जोसिएको टोट्टनहामले ५१ औं मिनेटमा बराबरी गोल फर्कायो । टोट्टनहामका डेल अलीले बराबरी गोल गरे । ९० औं मिनेटमा हेरी विनक्सले गोल गर्दै टोट्टनहामलाई महत्वपूर्ण तीन अंक दिलाए । जितसँगै ५१ अंक बनाएको टोट्टनहाम तेस्रो स्थानमा छ । १४ अंक बनाएको फुलहाम रेलिगेसनको पिरलोमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु
-
बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड
-
संसद् जनताप्रति उत्तरदायी हुनुपर्छ : नारायणदत्त भट्ट
-
पाइपलाइनमा यी १० धमाकेदार फ्रेन्चाइजी फिल्महरू, बक्स अफिसमा धमाल मच्चाउने अपेक्षा
-
‘मुन्ना भाइ’ मा ‘सर्किट’ को वास्तविक नाम अर्कै थियो, अर्शदले गरेका थिए परिवर्तन
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु