मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली युवती खाडी पुर्‍याएर बेच्ने ओखलढुङ्गाका 'मास्टरमाइन्ड' लोप्साङ दिल्लीमा पक्राउ

सोमबार, ०७ माघ २०७५, ०८ : ५७
सोमबार, ०७ माघ २०७५

नेपाली युवतीलाई खाडी मुलुक पुर्‍याएर बेचविखन गर्ने ३३ वर्षे एक नेपालीलाई दिल्ली पुलिसले शनिबार पक्राउ गरेको छ ।  

समाचार एजेन्सी पिटिआइका अनुसार ओखलढुङ्गा मूल निवासी ३३ वर्षे लोप्साङ लामा विगत ६ महिनादेखि फरार थिए र उनीमाथि एक लाख पुरस्कारसमेत तोकिएको थियो । उनले नेपाली युवतीलाई खाडी मुलुकमा लगेर बेच्ने गरेको पुलिसले जानकारी दिएको छ ।

एक भारतीय मिडियाका अनुसार  जब लोप्साङलाई पुलिसले पक्राउ गर्न पिछा गरिरहेका थिए तब पुलिसबाट बच्नका लागि उनी यमुना नदीमा हाम फाले । त्यसपछि पुलिस कन्स्टेबल मनोज त्यागीले नदीमा हाम फालेर उनलाई पक्राउ गरेका हुन् ।

यसअघि सन् २०१८ जुलाई २५ तारिखमा वसन्त विहारको मुनिरकामा दिल्ली महिला आयोग (डिसीडब्लू) की प्रमुख स्वाति मालीवालले १६ नेपाली युवतीलाई बचाएकी थिइन् । त्यतिबेला देखि नै मास्टरमाइन्ड लामा फरार थिए ।

लामाका पिता असम राइफलका अवकाशप्राप्त जवान हुन् । लामो समयदेखि लोप्साङले नेपाली युवतीलाई काम दिलाउने आशा देखाउँदै खाडीमा बेच्ने गर्दथे । अहिलेसम्म लोप्साङले करिब दुई दर्जन बढी नेपाली युवतीलाई खाडीलगायतका अन्य देशमा पठाइसकेको खुलासा भएको छ ।

गत वर्ष अगस्टमा दिल्ली महिला आयोगले ३९ नेपाली युवतीको उद्दार गरेको थियो । आयोगले दिल्लीको पहाडगञ्जस्थित होटल हृदयबाट यी युवतीको उद्दार गरेको थियो ।
यसअघि पनि आयोगले १८ महिलालाई बचाएका थिए जसमा दुई बंगाल र अन्य नेपालका युवती थिए । दिल्ली महिलाले एक हप्ताभित्र तीन बचाउ अभियान चलाएको थियो जसमा ७३ नेपाली युवतीलाई मुनिरका, मैदान गडी र पहाडगञ्जबाट बचाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप