कलाकार गणेश मुनालको निधन
काठमाडौं– वरिष्ठ कलाकार गणेश मुनालको निधन भएको छ । केही समयदेखि वीरअस्पतालमा उपचारत मुनालको सोमबार बिहान निधन भएको हो । सशक्त अभिनय र वजनदार आवाजका कारण ख्याति कमाएका मुनालको निधनको कारण भने अहिले खुलाइएको छैन ।
लामो समयदेखि अस्वस्थ मुनालको निधन भएको अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले पुष्टी गरेकी छन् । काठमाडौं महाङ्कालका निवासी मुनालले दर्जनौं नेपाली फिल्ममा अभिनय गरेका छन् । अहिले उनको पार्थिव शरीर पशुपति आर्यघाटमा अन्तिम श्रदाञ्जलीका लागि राखिएको छ । केही बेरमा नै अन्तिम संस्कार गरिने दिपाश्रीले जानकारी दिइन् ।
‘लभ लभ लभ’, ’एक पल’, ’शिरीषको फूल’, ‘दिदी भाई’, सेतो बाघ’ लगायत थुप्रै नेपाली चलचित्र, साना पर्र्दाका चलचित्र र केही विज्ञापन चलचित्रमा समेत अभिनय गरेका मुनाल अभिनित फिल्म ‘गोपी’ १८ माघ प्रदर्शनमा आउँदैछ ।
उनको निधनप्रति चलचित्रकर्मी र शुभचिन्तकले शोक व्यक्त गरेका छन् । उनको शवलाई अन्तिम श्रदाञ्जली दिन पशुपति आर्यघाटमा चलचित्रकर्मी पुग्ने क्रम जारी छ । स्वर्गीय मुनालका एक छोरा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत
-
विदेश पठाउँछु भनेर ठगेको आरोपमा दुईजना पक्राउ