फेसबुकका सिइओको सुरक्षामा वार्षिक ८३ करोड खर्च, एप्पलका सिइओमाथि २९ करोड
टेक कम्पनी आफ्नो पेटेन्ट र इन्टेलेक्चुअल प्रोपर्टीलाई सुरक्षित राख्नका लागि लाखौं करोडौं खर्च गर्छन् तर योभन्दा पनि बढी खर्च कम्पनी आफ्नो उच्च पदस्थ व्यक्तिको नीजि सुरक्षामा गर्छन् । वायर्डले अमेरिकी सेक्युरिटी एण्ड एक्सचेन्ज कमिशनबाट आँकडा जुटाएर एउटा रिपोर्ट छापेको छ जस अनुसार सन् २०१८ मा आफ्ना मुख्य कार्यकारी अधिकारीको सुरक्षामा खर्च गर्ने मामलामा फेसबुक सबैभन्दा अगाडि रह्यो । सन् २०१७ मा फेसबुकले मुख्य कार्यकारी अधिकारी एवं अध्यक्ष मार्क जुकरबर्गको सुरक्षामा ७.३ मिलियन डलर अर्थात् ८३ करोड रुपैयाँ खर्च गरियो जबकी कम्पनीकी चिफ अपरेटिङ अफिसर शेरिल स्यान्डबर्गको सुरक्षामा २.६ मिलियन डलर अर्थात् २९ करोड रुपैयाँ खर्च गरियो ।
पाँच वर्षअघि जुकरबर्गमाथि हुन्थ्यो २९ करोड खर्चः
वायर्डको रिपोर्ट अनुसार पाँच वर्षअघि अर्थात् सन् २०१३ मा मार्क जुकरबर्गको सुरक्षामा २.६ मिलियन डलर अर्थात् २९ करोड रुपैयाँ खर्च हुन्थ्यो । अहिले यो खर्च तीन गुणा बढेको छ ।
टिम कुकुको सुरक्षामा तीन करोड रुपैयाँ खर्चः
वायर्डको रिपोर्टका अनुसार एप्पलका मुख्य कार्यकारी अधिकारी टिम कुकको सुरक्षामा उनको कम्पनीले सन् २०१७ मा ३.१० लाख डलर (तीन करोड रुपैयाँ) को खर्च गरेको जबकी गुगलका मुख्य कार्यकारी अधिकारी सुन्दर पिचाईमाथि अल्फाबेटले ६.३७ डलर (सात करोड रुपैयाँ) खर्च गर्यो । अमेजनका संस्थापक एवं मुख्य कार्यकारी अधिकारी जेफ बेजोसको सुरक्षामा १.६ मिलियन डलर (१८ करोड रुपैयाँ) खर्च गर्ने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महतले अघि बढाएका राम्रा काम रोक्दिन : अर्थमन्त्री पुन
-
नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतले षड्यन्त्र गरेको छैन : अध्यक्ष माधव
-
पत्रकार महिलाको अवसर र चुनौतीको विषयमा छलफल
-
एनआरएनएको निर्वाचनमा अनलाइन भोटिङको युजर नेम र पासवर्ड दुरुपयोग : प्रतिवेदन
-
टी–२० क्रिकेट : तस्बिरमा हेर्नुहोस् आयरल्याण्ड र नेपालबिचको खेल
-
पार्टी एमालेलाई बुझाएर प्रचण्ड राष्ट्रपति बन्छन् : रामकुमार शर्मा, पूर्वमाओवादी नेता