शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ग्लोबल आईएमई बैंकका सिईओ पौडेलले दिए राजीनामा

सोमबार, ०७ माघ २०७५, १४ : ३६
सोमबार, ०७ माघ २०७५

काठमाडौं– ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले पदबाट राजीनामा दिएका छन् । 

१४ महिना अघिमात्र प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेका पौडेलले समय अगावै राजीनामा दिएका हुन् । स्रोतका अनुसार सञ्चालक समितिका अध्यक्ष चन्द्र ढकालसँग कुरा नमिलेपछि उनले राजीनामा दिएका हुन् । 

सहायक महाप्रबन्धकको रुपमा ग्लोबल आईएमई बैंक प्रवेश गरेका पौडेल सहायक महाप्रबन्धक हुँदै प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका थिए । ३ वर्ष कार्यकाल बाँकी छदै पौडेलले राजीनामा दिएका छन् ।

सन् १९८७ मा असिस्टेन्ट लेभलबाट बैंकिङ्ग करियर सुरु गरेका पौडेलले नबिल बैंक, एनआईसी एसिया, लक्ष्मी बैंक हुँदै लण्डनमा अध्ययनसँगै त्यहीको बैंकमा पनि काम गरेका थिए । तत् पश्चात ग्लोबल आईएमई बैंकमा पौडेलले काम सुरु गरेका थिए । 

ग्लोबल आईएमई बैंकमा शर्माभन्दा अघिका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले पनि आफ्नो कार्यकाल बाँकी छँदै राजीनामा दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप