शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दाहाल नेतृत्वको माओवादी कम्युनिष्ट केन्द्र फोरममा विलय

सोमबार, ०७ माघ २०७५, १५ : २२
सोमबार, ०७ माघ २०७५

काठमाडौं– संघीय समाजवादी फोरम नेपालमा नेपाल कम्युनिष्ट पार्टी  (माओवादी– कम्युनिष्ट केन्द्र) विलय भएको छ । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा कम्युनिष्ट केन्द्रका संयोजक केशव दाहाललाई टिका र खादा लगाएर पार्टीमा प्रवेश गराएका हुुन् । 

सोमबार काठमाडौंमा आयोजित पार्टी एकीकृत घोषणा कार्यक्रममा नेकपा कम्युनिष्ट केन्द्रका संयोजक दाहालसँगै सयौंको संख्यामा रहेका नेता कार्यकर्ता फोरम नेपालमा आवद्ध भएका छन् ।  फोरम नेपालमा एकीकृत भएका नेता कार्यकर्ताहरुलाई स्वागत गर्दै उपप्रधान तथा स्वास्थ्य मन्त्रीसमेत रहेका अध्यक्ष यादवले मुलुकमा संघीय समाजवादी फोरम नेपालको विकल्प नरहेको दाबी गरे  ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले जनताको परिवर्तनको एजेन्डा छाडिसकेकोले फोरम नेपालप्रति आमजनताको विश्वास र अपेक्षा बढ्दै गएको उनले बताए ।  आजदेखि औपचारिक रुपमा फोरम नेपालसँग जोडिएका दाहालले सर्वहारा जनताको अधिकार, संघीयता र पहिचानको मुद्दालाई फोरम नेपालले बलियो ढंगले उठाएकोले यसमा आबद्ध भएको प्रतिक्रिया दिए । 

केशव दाहाल संयोजक रहेको नेकपा कम्युनिष्ट केन्द्र यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको नीति सिद्धान्तप्रति असन्तुुष्टि जनाउँदै छुट्टिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप