एयरबसले एसएमबीसी समूहलाई ६५ वटा विमान बिक्री गर्ने
पेरिस– विमान खरिदबिक्री गर्ने एसएमबीसी एभिएसन क्यापिटलले फ्रान्सस्थित एयरबस कम्पनीसँग ए ३२० नियो सिरिजका ६५ वटा विमान खरिद गर्न लागेको एयरबस कम्पनीले जनाएको छ । उक्त विमानको मूल्य ७ अर्ब ४७ करोड डलर रहेको छ ।
डब्लिनस्थित उक्त एसएमबीएस कम्पनीले गतवर्ष ७१ थान एयरबस खरिद गरेको थियो । ठूलो संख्यामा बिमान खरिद गर्न लागेकाले बिक्री मूल्यमा कमी आउने कम्पनीले जनाएको छ । विश्वकै ठूलो विमान खरिदबिक्री र लिजमा विमान दिने एसएमबीसी कम्पनी जापानी कम्पनीहरुको साझेदारीमा स्थापना भएको हो ।
गत जनवरी ३ मा एयरबस कम्पनीले अमेरिकी एयरलाइन्स जेटब्लूलाई ११ अर्ब अमेरिकी डलरमा १२० थान ए२२०–३०० सिरिजका बिमानहरु बिक्री गर्न लागेको जनाएको थियो ।
विश्वका दुई ठूला विमान कम्पनीहरु एयरबस र बोइङबीच विश्व बजारमा आधिपत्य रहँदै आएको छ । सन् २०१८ मा एयरबसले ८०० वटा व्यावसायिक बिमान बिक्री गरेको थियो भने बोइङले ८०६ वटा बिमान बिक्री गरेको थियो । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपति पौडेलद्वारा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह
-
साँखु नगर आइपुगिन् बज्रयोगिनी माई (फोटोफिचर)
-
रौतहटमा आगलागीबाट ७ घर जलेर नष्ट
-
सिटिजन्स बैंक खुला टेनिस : राष्ट्रिय च्याम्पियन प्रदीप सेमिफाइनलमा
-
बलात्कार आरोपमा उदयपुरबाट एकजना पक्राउ
-
बिदाको दिन चलाइएका पाँच सरकारी सवारी साधन नियन्त्रणमा