रवी लामिछानेले कसे निकिता पौडेलसँग लगनगाँठो
काठमाडौं– टेलिभिजनकर्मी रवी लामिछानेले विवाह गरेका छन् । उनले चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग विवाह गरेका हुन् ।
केही साताअघि मात्रै श्रीमती इशा श्रेष्ठसँग सम्बन्धविच्छेद गरेका रवीले आज पौडेलसँग विवाह गरेका हुन् । निकिता यसअघिका पतिसँग सम्बन्ध विच्छेदपछि एक्लै थिइन् । यी दुईबीच केही महिनायता अफयर रहेको र बिहे गर्ने योजनाअनुसार इशासँग रवीले सम्बन्धविच्छेद गरेको चर्चा चलेकाे थियो ।
काठमाडौं जिल्ला अदालतमा सोमबार विहे दर्ता गराएपछि रवीले सामाजिक सञ्जालमा भनेका छन्, ‘व्यक्तिगत जीवनले नयाँ मोड लिएको छ। एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा आज निकिता पौडेल जी र मैले कानुनी रुपमा काठमाडौं जिल्ला दालतमा विवाह दर्ता गरेका छाैं । यो निर्णय यति छिटो गर्ने योजना नै थिएन। तर हामी दुबै प्रति जसरी मानसिक यातना नै हुने गरी अनवरत समाचार र खोजबिन चल्यो, त्यसले हामीलाई एक अर्काको निकै खाँचो पर्यो।’
उनले परम्परागत रुपमा आफूहरुले आउँदो बैशाखमा बिवाह गर्ने पनि बताएका छन् । उनले बिबाहको निर्णयबाट दुबैजना खुशी रहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार