बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मेलम्चीको बाँकी काम पेटी ठेकदारलाई दिन एडीबीको सुझाव

सोमबार, ०७ माघ २०७५, १६ : ४१
सोमबार, ०७ माघ २०७५

काठमाडौँ । एशियाली विकास बैंक (एडीबी)ले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम पूरा गर्ने जिम्मेवारी सो आयोजनाको पेटी ठेकेदारहरुलाई दिन सरकारलाई सुझाव दिएको छ । 

एडीबी र मेलम्ची खानेपानी आयोजना विकास समितिबीच सोमबार काठमाडौँमा भएको छलफलमा सो आयोजनाको बाँकी काम नेपालकै पेटी ठेकेदारहरुलाई दिएर अघि बढाउन सकिने निष्कर्ष निकालिएको हो । 

आयोजनाको सुरुङ निर्माणमा खटिएका पेटी ठेकेदारहरुलाई दिएर बाँकी कामलाई पूर्णता दिन सकिने विषयमा एडीबीसँग छलफल भएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए ।

सिएमसी कम्पनीले पेटी ठेकेदारलाई नदिएको भुक्तानी कसरी असुली गर्ने भन्ने विषयमा भने समितिले ठोस निर्णय लिन सकेको छैन । त्यससम्बन्धमा आवश्यक निर्णय लिन बाँकी रहेको पनि समितिका प्रवक्ता पन्तले जनाएका छन् ।

मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको काममा संलग्न पेटी ठेकेदारहरुले डेढ अर्बभन्दा बढी भुक्तानी लिन बाँकी रहेको भन्दै सिएमसी कम्पनीबाट असुल गरिदिन सरकारलाई दवाव दिइरहेका छन् ।

यसअघि आइतबार आयोजनाले सिएमसी कम्पनीसँगको ठेक्का सम्झौता रद्द गर्न पत्र पठाइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप