राष्ट्र बैंकले तोक्यो सवारी कर्जा दिने कम्पनीले लिने ब्याजदर, कति लिन पाउँछ ?
काठमाडौं– हायर पर्चेज कर्जा दिने कम्पनीको चुक्ता पूँजी न्युनतम ३० करोड हुनुपर्ने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ । साथै त्यस्ता कम्पनीले लिने कर्जाको ब्याजदरको सीमा पनि तोकिएको छ ।
हाल सञ्चालनमा रहेका हायर पर्चेज कम्पनीले भने २०७७ असार मसान्तसम्म २० करोड र २०७८ सम्म ३० करोड रुपैयाँ पुर्याउनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । सोमबार हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था २०७० को दोस्रो संशोधन गर्दै हायर पर्चेज कर्जा दिने कम्पनीले चुक्ता पूँजी बृद्धि गर्नुपर्ने व्यवस्था गरेको छ ।
कम्पनीले सापटी लिएर कर्जा दिएको छ भने ऋण तथा सापटीमा दिनुपर्ने ब्याजदरमा ३ प्रतिशत भन्दा बढी नहुने गरी हायर पर्चेज कर्जाको सिमा तोक्नुपर्ने नयाँ संशोधित व्यवस्था छ । हायर पर्चेज कर्जा भनेको कृषि, औद्योगिक, व्यावसायिक तथा औद्योगिक प्रयोजनका लागि कुनै पनि फर्म, कम्पनी, व्यक्ति वा संस्थालाई सवारी साधन, मेसीनरी औजार, उपकरण खरिद गर्नका लागि दिएको कर्जा सापटी हो ।
हायर पर्चेज कर्जा दिने कम्पनी दर्ता चुक्ता पुँजीको ०.२ प्रतिशत रकम दिएर गर्न सकिने प्रावधान छ । हायर पर्चेज कर्जा दिने कम्पनी बढी भएको क्षेत्रमा भने नयाँ कम्पनी खोल्न नपाइने राष्ट्र बैंकले जनाएको छ । यता, हायर पर्चेज कर्जा दिने कम्पनीले आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्रमा वित्तिय विवरणको लेखा परीक्षण राष्ट्र बैंकलाई बुझाउनुपर्नेछ । यस्तै १० लाख भन्दा बढीको कर्जा प्रदान गरेको अवस्थामा अनिवार्य कर्जा सुचना लिनुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुष्पा २ अघि ३ को तयारी, नाम पनि भयो फाइनल
-
भारतले दियो बिजुली आयात अनुमति, ‘लोडसेडिङ’को जोखिम टर्यो
-
प्रहरीमा १ वर्षमा ५९ हजार मुद्दा दर्ता
-
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष झासहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
अदालतबाट केजरीवालले पाएनन् राहत
-
कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु