शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बुढानिलकण्ठबाट ‘घर’ को छायाँकन सुरु

सोमबार, ०७ माघ २०७५, १८ : ५४
सोमबार, ०७ माघ २०७५

काठमाडौं– फिल्म ‘घर’को छायाँकन सुरु भएको छ । काठमाडौंको बुढानिलकण्ठ मन्दिरमा सोमबार पूजा गर्दै फिल्मको छायाँकन सुरु गरिएको निर्माता शर्मिला पाण्डेले बताइन् ।  अर्पण थापाको कथा तथा निर्देशन रहने फिल्ममा अर्पणका साथमा अभिनेत्रीद्धय वेनिशा हमाल, सुरक्षा पन्त र कलाकार अस्मिता खनालको मुख्य भूमिका रहनेछ ।

२० दिनको सेडुलसहित फिल्म छायाँकनमा निस्किएको हो । बुढानिलकण्ठ आसपासमै फिल्म खिचिने छ । डीएस डिजिटलको ब्यानरमा बन्ने फिल्लमा निरज कँडेलको छायाँकन रहनेछ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप