शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टिभिएस ग्रान्ड एक्सचेन्जमा राज कुमार श्रेष्ठले जिते मोटरसाइकल

सोमबार, ०७ माघ २०७५, १८ : ५४
सोमबार, ०७ माघ २०७५

काठमाडौं– टिभिएस मोटर कम्पनिको नेपालकै एकमात्र अधिकृत बिक्रेता जगदम्बा मोटर्सको ’दि टिभिएस ग्रान्ड एक्सचेन्ज‘ कार्यक्रममा राज कुमार श्रेष्ठले मोटरसाइकल जितेका छन् ।

 ४ दिने ऊ एक्सचेन्ज मेलामा निशुल्क स्वास्थ्य जाँच र बम्पर उपहारमा टिभिएसको स्ट्राइकर १२५ सी.सी मोटरसाइकल प्रमुख आकर्षण रहेको थियो । कार्यक्रमको अन्त्यमा लक्की–ड्र मार्फत राज कुमार श्रेष्ठ बिजेता बने ।

पुष २५ गते देखि पुष २८ सम्म चलेको ’दि टिभिएस ग्रान्ड एक्सचेन्ज‘ कार्यक्रम ग्राहकको उच्च माग र उत्सुकतालाइ मध्यनजर गर्दै थप १ दिन बढाइ पुष २९ मा सम्पन्न भएकोे थियोे । नेपाली बजारमा निकै नाम चलेको कम्पनीले यो एक्सचेन्ज योजनामा जुनैपनि कम्पनीको बाइक वा स्कुटरसंग आफ्नो उत्पादन एक्सचेन्ज र अन्य विभिन्न उपहारका साथ साथै छुटको पनि व्यवस्था गरेको थियो ।

ग्राहकहरुको सेवा तथा सुबिधाको लागि गरिएको यस आयोजना मार्फत अत्यधिक ग्राहकहरुको सहभागिताका साथ साथै ५ दिनमा करिब ५०० बाइक र स्कुटर एक्सचेन्ज गर्न सफल भएको छ । 

कुनै पनि सवारी साधन एक्सचेन्ज गर्न मिल्ने यस कार्यक्रममा २०% डाउनपेमेन्टमा ०% ब्याजदर,  ८ हजारसम्म पर्ने उपहार (हेल्मेट, पन्जा, बाइक कभर र ब्याग), जुनै सवारीमा न्युनतम २५ हजार मुल्यांकन, ७ हजार देखि १ लाखसम्मको नगद छुट र बम्पर उपहारमा टिभिएस स्ट्राइकर १२५ सी.सी. बाइकहरु जस्ता आकर्षक उपहारको व्यवस्था थियो ।

कम्पनिका बजार प्रमुख बिक्रम पौडेलले भने, “ग्राहकहरुको सक्रिय सहभागिता देखेर हामी निकै खुशि भएका छौ त्यसैले टिभिएसले आउने दिनहरुमा ग्राहकहरुको सेवा तथा सुविधाको लागि यस्ता अन्य विभिन्न कार्यक्रम र अफरको आयोजना गर्ने उद्देश्य बोकेको छ ।” 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप