युएई भ्रमणका लागि सन्दीप लामिछाने नेपाल आए
काठमाडौँ । बङ्गलादेशमा जारी बङ्गलादेश प्रिमियर लिग खेलिरहेको नेपाली युवा स्पिनर सन्दीप लामिछाने आज नेपाल आएका छन् ।
अष्ट्रेलियामा जारी बिग बासका केही खेल खेलेर बङ्गलादेश गएका सन्दीप भोलिदेखि हुने नेपाली राष्ट्रिय टोलीको युएई भ्रमणका लागि स्वदेश फर्किएका हुन् ।
बङ्गलादेशमा सिलेट सिक्सर्सबाट बीपिएलका छ खेल खेलेर सन्दीप आज अपराह्न काठमाडौँ आइपुगेका हुन् । उनले सिलेटका लागि छ खेलबाट चार विकेट लिएका थिए । यमी माघ ११ गतेदेखि नेपालले गर्ने युएई भ्रमणको लागि सन्दीप आएका हुन् ।
युएई भ्रमणमा नेपालले घरेलु टोलीसँग समान तीन एक दिवसीय र तीन टी–२० सिरिज खेल्नेछ । नेपाली टोली मङ्गलबार युएई प्रस्थान गर्ने कार्यक्रम रहेको नेपाली टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए ।
एक दिवसीय मान्यता पाएपछि नेपालको युएईसँग हुने खेल दोस्रो अन्तर्राष्ट्रिय एक दिवसीय हो । यसअघि नेपालले पहिलो अनर्राष्ट्रिय एक दिवसीय गत अगष्टमा नेदरल्याड्ससँग खेलेको थियो । उक्त सिरिज बराबरीमा सकिएको थियो ।
युएई भ्रमणका लागि पारस खड्काको कप्तानीमा १६ सदस्यीय टोली रहेको छ । उक्त प्रतियोगिताका लागि छनोट हुने खेलाडीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, प्रदीप ऐरी, सोमपाल कामी र विनोद भण्डारी छन् ।
त्यस्तै भीम सार्की, अविनाश बोहरा, पवन सर्राफ र सन्दीप जोराले सिनियर राष्ट्रिय टोलीमा पहिलोपटक स्थान बनाएका छन् । उक्त प्रतियोगताका लागि नेपाली टोलीका नियमित सदस्य शरद भेषवाकर अस्वस्थ भएका कारण छनोट भएनन् ।
वैकल्पिकतर्फ ललितसिंह भण्डारी, विक्रम सोब र सुशन भारी छन् । नेपाली टोली मङ्गलबार युएई प्रस्थान गर्नेछ । नेपालले युएईसँग माघ ११, १२ र १४ गते एक दिवसीय सिरिज तथा माघ १७, १८ र २० गते टी–ट्वान्टी सिरिज खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीको लापसे चेकिङ : ५ जना चालक नियन्त्रणमा
-
भारतको सहयोगमा दार्चुलामा ६ करोड लागतमा दुई विद्यालय भवन
-
वैशाख १२ देखि सुरु हुने चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा
-
नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
-
जीबी राईसहित १९ जनाविरुद्ध ३५ दिने म्याद
-
‘डिग्री माइला’को पहिलो साताको आम्दानी कति ?