लेखनाथमा यामाहाको नयाँ शोरुम
पोखरा– नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले सोमबारबाट पोखरा–लेखनाथ महानगरपालिकामा यामाहाको नयाँ सोरुम संचालनमा ल्याएको छ ।
एमएडब्ल्यू इन्टरप्राइजेजले विश्वकर्मा अटो वक्र्सको नयाँ शाखामार्फत यामाहा मोटरसाइकल तथा स्कुटरको विक्रीवितरण थालेको हो । यस क्षेत्रमा बढ्दै गएको यामाहा मोटरसाइकल र स्कुटरप्रतिको क्रेजलाई मध्यनजर गरी नयाँ डिलरसिप सुरु गरिएको हो ।
नया शोरुमको उद्घाटन गण्डकी प्रदेशका ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक विरेन्द्र बस्याल र विश्वकर्मा अटो वक्र्सका संस्थापक राम प्रसाद श्रेष्ठले संयुक्त रुपमा गरे । विश्वकर्मा अटो वक्र्सको नयाँ शाखाबाट ग्राहकले विश्वस्तरीय प्रविधिजडित यामाहाका लोकप्रिय मोटरसाइकल र स्कुटरहरुको एक्सचेन्ज र फाइनान्सको पनि सुविधा पाउने एमएडब्ल्यूले जनाएको छ ।
पर्फमेन्स र स्टाइलका कारण युवामाझ निकै लोकप्रिय बन्दै गएको मोटरसाइकल ब्रान्डको सोरुम सुरु गर्नु गौरवको कुरा भएको विश्वकर्मा अटो वक्र्सका प्रबन्ध निर्देशक सरोज श्रेष्ठले बताए । उनले यामाहा ब्रान्डका दुईपाँग्रे खरिद तथा सर्भिस गर्न टाढा धाइरहनु नपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषधका रूपमा प्रयोग हुने ओषधी बिक्री गर्ने मेडिकलका ३ जना पक्राउ
-
नौ महिनामा ३ हजार ८२९ वटा प्रदर्शन, १ लाखभन्दा बढी प्रहरी परिचालन
-
बागमती प्रदेशसभा अधिवेशन अन्त्यका लागि सिफारिस
-
आगामी बजेटमार्फत के चाहन्छन् पर्यटन व्यवसायी ?
-
लुम्बिनी प्रदेशमा भागबण्डा मिलाउन दुई मन्त्रालय थपियो
-
चिया निर्यातमा भारतीय अवरोध हट्यो