शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नक्कली नागरिकता र सर्टिफिकेट बनाउने एकजना पक्राउ

मङ्गलबार, ०८ माघ २०७५, १४ : १९
मङ्गलबार, ०८ माघ २०७५

काठमाडौं– सक्कली सर्टिफिकेट, सवारी अनुमतिपत्र र नागरिकतामा रहेको नाम हटाई नक्कली नाम राखेर विभिन्न प्रयोजनका लागि नक्कली कागजात बनाउने कार्यमा संलग्न काभ्रेका विपुन श्रेष्ठलाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको तारकेश्वर बस्ने श्रेष्ठ लामो समयदेखी नक्कली कागजात बनाउने धन्दामा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । तारकेश्वर नगरपालिका–११ मनमंैजुमा रहेको उग्रचण्डी साईबर खोलेर श्रेष्ठले नक्कली कागजात बनाउने गरेको सुचनाका आधारमा प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो । 

साथै, साईबरबाट नक्कली सर्टिफिकेट लगायतका नक्कली कागजात बनाउन प्रयोग हुने ल्यापटप, फोटोकपी, प्रिन्टर, पेनड्राईभ र तयारी अवस्थामा रहेको नक्कली कागजातहरु समेत प्रहरीले बरामद गरेको छ । यसबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप