शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्ट्याण्ड अप कमेडी हेर्दै हाँसे मदनकृष्ण

आइतबार, १३ माघ २०७५, १२ : ०८
आइतबार, १३ माघ २०७५

काठमाडौं – Nepgasm (नेपग्याजम) ले स्ट्याण्ड अप कमेडीको पाँचौ श्रृङ्खला शनिबार राजधानीमा सम्पन्न गरेको छ ।

राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमको पाँचौ श्रृङ्खलामा बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ, किरण केसी, चर्चित गायक सत्यराज आचार्य, स्वरुप राज आचार्य, फुटबल खेलाडी रोहित चन्दलगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा ‘मह’ का ह अर्थात् हरिवंश आचार्य भने अस्वस्थताका कारण उपस्थित हुन सकेनन् ।  

डोरेस खतिवडाको प्रस्तुतिबाट प्रारम्भ भएको स्ट्याण्ड अप कमेडी श्रृङ्खला  लेखमणी त्रितलको प्रस्तुतिसँगै समाप्त भएको  थियो । अधिकांश युवायुवतीले भरिभराउ भएको सभागृहको हल कार्यक्रम सुरुदेखि अन्त्यसम्म ताली, हाँसो र खित्काले गुन्जायमान भएको थियो ।

डोरेस खतिवडा, लेखमणी त्रिताल, विवेक उप्रेती, यूकेजी तथा सरोज भण्डारीले कार्यक्रममा स्ट्याण्डअप कमेडीको बेग्लाबेग्लै प्रस्तुती दिएका थिए ।

राजनीति, समाज, दोस्ती लगायत विभिन्न विषयको प्राथमिकता पाएको उक्त कार्यक्रममा हेरेर वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ तथा किरण केसीसमेत मज्जाले हाँसेका थिए । मदनकृष्ण र किरणको कलाकारिताको योगदानको सम्मान गर्दै सम्मान पत्र समेत दिइएको कार्यक्रममा केसीले दर्शकको उपस्थिति र नयाँ कलाकारको काम देखेर सार्ह्रै हर्षित भएको बताए । उनले नेपाली हाँस्यव्यङ्ग्यको गाडी अबको नयाँ पुस्ताले हाँक्नसक्ने देखिएको बिचार राखे ।

मदनकृष्णले हाँस्यव्यङ्ग्यमा नयाँ ट्रेन भित्रिएको खुसी व्यक्त गरे ।

कार्यक्रममा डोरेस खतिवडा, लेखमणी त्रिताल, विवेक उप्रेती, यूकेजी तथा सरोज भण्डारीले एकसेएक प्रस्तुती राखेका थिए । जुन प्रस्तुतीहरुबाट दर्शकले तीन घन्टा भन्दा लामो समय निरन्तर मनोरञ्जन लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप