शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अनुपविक्रमको ‘कप्स’ चैत्रमा

सोमबार, १४ माघ २०७५, १२ : ५५
सोमबार, १४ माघ २०७५

काठमाडौं – सम्राट सापकोटाको निर्देशन रहेको फिल्म ‘कप्स’ ८ चैत्रबाट प्रदर्शनमा आउने भएको छ । वितरकहरुको छलफलबाट फिल्मको रिलिज मिति टुङ्गो लागेको निर्देशक सापकोटाले बताए ।

अनुपविक्रम शाही, सन्दीपा लिम्बु, अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु बिक्रम थापा, अनुपमा भण्डारी, रोशन सुबेदीलगायतको अभिनय फिल्ममा रहेको छ ।

राम शाक्य प्रस्तुतकर्ता रहेको फिल्म ‘आर्या मुभिज’ र ‘सारा श्री मुभिज’को ब्यानरमा निर्माण भएको हो । फिल्ममा सुशान्त प्रजापतिको छायांकन, अष्ट महर्जनको द्वन्द्व, कविराज गहतराज र शिशिर खातीको नृत्य, विजय घिमिरे र स्वयम्भुराज शाक्यको संगीत छ ।

फिल्म उपत्यकामा गोपालकाजी कायस्थ र उपत्यका बाहिर मनोज राठी र बिक्रम पराजुली वितरकको रुपमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप