शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो देखियो कलङ्की–कोटेश्वर सडकखण्ड,  चीनले नेपाललाई हस्तान्तरण गर्‍यो फेरिएको रिङरोड (फोटोफिचर)

सोमबार, १४ माघ २०७५, १३ : १५
सोमबार, १४ माघ २०७५

काठमाडौं– चीन सरकारले कोटेश्वर–कलंकी सडक विस्तार गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । 

सोमबार ललितपुरको खुमलटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ राजदूत होउ यान्छीले विस्तार गरिएको रिङरोड अन्तर्गतको सो सडकखण्ड हस्तान्तरण गरिन् । 

 चीनले पाँच वर्ष लगाएर कोटेश्वरदेखि कलंकीसम्मको ८ लेनको १०.४ किलोमिटर  सडक विस्तार गरेको थियो । 

 करिव ५ अर्ब अनुदान सहायतामा चीनले सो सडकखण्ड विस्तार गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । 

चीनले सडक हस्तान्तरण गरेलगत्तै प्रधानमन्त्री ओलीले सो सडकखण्डको उद्घाटन गरेका थिए । 

 कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सडक विस्तार गरी हस्तान्तरण गरेकोमा चीन सरकारप्रति आभार व्यक्त गरे । 

चीनले नेपालको पूर्वाधार, शिक्षा, स्वास्थ्य, उद्योग, सडक निर्माणको क्षेत्रमा विगतदेखि नै पु-याउँदै आएको सहयोगको पनि त्यस अवसरमा प्रधानमन्त्री ओलीले खुलेर प्रशंशा गरे । 

प्रधानमन्त्री ओलीले हिमाल, पहाड र नदीबाट सुरु भएको चीनसँगको सम्बन्ध समस्यासहित रहेको पनि उल्लेख गरे । उनले मुलुकलाई समृद्ध बनाउने अभियानलाई सफल बनाउन भारत र चीन दुवै छिमेकी मुलुकबाट साथ, सहयोग र समर्थनको अझै आशा गरिएको पनि स्पष्ट पारे । 

कार्यक्रममा बोल्दै नेपालका लागि चिनियाँ राजदुत यान्छीले नेपालको विकासमा आवश्यक सबै खालको सहयोग गर्न चीन सरकार प्रतिवद्ध रहेको बताइन् । 

काठमाडौंको २७ किलोमिटर लम्बाई रहेको रिङरोडको पहिलो खण्ड चीन सरकारले विस्तार गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।

 सडक विस्तारको काम सकिएलगत्तै यो सडक खण्ड आधुनिक स्वरुपमा देखिएको छ ।

हस्तान्तरण कार्यक्रमका तस्बिरहरु

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप