शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ओट्टोको रबल आर५ नेपालमा

सोमबार, १४ माघ २०७५, १८ : १९
सोमबार, १४ माघ २०७५

काठमाडौं– ओट्टो फोन्सले भर्खरै आफ्नो नयाँ स्मार्ट फोनमा नयाँ लाईनअप पेश गरेको छ । ओट्टो फ्र्याङ्क सिरीज अन्तर्गत ओट्टो फ्र्याङ्क ७ पछि ओट्टो सिरीजमा ओट्टो रबल आर५ प्रस्तुत गरेको छ ।

नेपाली बजारमा भर्खरै मात्र भित्रिएको ओट्टो फोन्सले रबल आर५को सुरुवातसँगै नेपाली बजारमा केही नयाँ स्मार्टफोन पेश गरेको जनाएको छ । एन्ड्रोइड ८.१गो ईदिशन सिरिज फुल भ्यू डिस्प्ले सहित २५डी कर्भड् डिस्प्ले गुणस्तरीय  बजेटमा उपलब्ध छ ।

ओट्टो रबल आर५मा डाइनामिक ५ इन्च डिस्प्ले सहित २ं५ डि कर्भड् ग्लास फुल भ्यू स्क्रीन  रहेको छ।

उत्कृष्ट डिजाइन र  आरामदायक बनावटले प्रीमियम महसुस दिनेछ  र ५ मेगापिक्सेल रियर क्यामेराको साथ् फ्ल्यास र २ मेगापिक्सेल अगाडिको क्यामेराले फुल भ्यू डिस्प्लेको क्षणहरूमा रमाउन सक्ने कम्पनीको दावी छ । ओट्टो रबल आर५ गोल्ड ब्ल्याक र ब्ल्याकमा उपलब्ध छ  ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप